Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

चार महिनामा ४५ जना हराए, हराउनेमा महिलाको संख्या उच्च

Kumar Shrestha by Kumar Shrestha
December 10, 2019
in समाचार
0
चार महिनामा  ४५ जना हराए, हराउनेमा महिलाको संख्या उच्च
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सम्झना श्रेष्ठ, मंसिर २१ सिन्धुली ।

विपि राजमार्गले धेरै भुभाग ओगटेको सिन्धुलीमा पछिल्लो समय मानिस हराउने क्रम बढेको छ । सिन्धुलीमा चालु आर्थिक वर्षको ४ महिनामा ४५ जना हराएका छन् । सबैभन्दा बढि महिला ३९ जना हराएको पाइएको छ । नाँै वटा स्थानिय तह रहेको सिन्धुलीमा सबैभन्दा बढी कमलामाई नगरपालिकाबाट हराएका छन् । यस नगरपालीका बाट १७ जना हराएका छन् । जील्ला सदरमुकाम रहेको र सबैभन्दा सुगम मानिने कमलामाई नगरपालिकाबाट चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा १७ जना हराएका हुन् । यसैगरी दुधौली नगरपालिकाबाट १२ जना हराएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्यांकले देखाएको छ । यस्तै फिक्कल गाउँपालीकामा २ जना, तीनपाटन गाउँपालीकामा ४ जना, सुनकोसी गाउँपालिकामा ६ जना, गोलन्जोर गाउँपालिकामा २ जना हराएका छन् । यस्तै घ्यांलेख गाउँपालिकामा १ जना तथा मरिण गाउँपालीकामा १ जना गरी जम्मा ४५ जना हराएका छन् । चालु आवको यस अवधिमा सिन्धुलीको हरीहरपुरगढी गाउँपालीकामा भने व्यक्ती हराएको नपाइएको हो । यसरी हराउनेहरुमा सबैभन्दा धेरै महिला रहेको जील्ला प्रहरी सिन्धुलीका प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले बताउनुभयो । उहाँका अनुसार यस अवधिमा २८ जना महिला हराएका छन् । यसैगरि पुरुष १ जना, बालक ५ जना र बालिका ११ रहेका छन् । यसैगरी जातजातीको आधारमा हेर्दा सबैभन्दा बढि दलितबाट १७ जना हराएका छन् । यस्तै जनजाती र क्षेत्री बाट ११÷११ जना हराएका छन् भने अन्य ६ जना हराएको तथ्यांक छ । यस्तै उमेरको आधारमा हेर्दा १८ वर्ष सम्मका १६ जना, १९ देखी ३० वर्ष उमेर समुहका २३ जना, ३१ देखि ५० वर्ष भित्रका ४ जना र ५१ देखि ७० वर्ष भित्रका २ जना रहेका छन् । यस अवधिमा हराएका ४५ जना मध्ये १६ जना फेला परेका छन् भने अझै २९ जना फेला पर्न बाँकी छन् । जसमा ६ जना महिला फेला परेका छन् भने २२ जना सम्पर्क बाहिरै छन् । यसैगरि यस अवधिमा हराएका १ जना पुरुष अझै भेटिएका छैनन् । हराएका बालक ५ जनामा ४ जना भेटीएका छन् भने बालिका ११ हराएकोमा ६ जना मात्र भेटिएको सिन्धुली प्रहरीको तथ्यांकले देखाएको छ । विभिन्न समयमा गरि गत आर्थिक वर्ष ०७५÷७६ मा १७६ जना हराएकोमा १३९ जनाको बारेमा पत्ता लागेको छ भने बाँकी ३७ जना अझै सम्पर्क बाहिर छन् । व्यक्ति हराउनुको मुख्य कारण घरायसी समस्या, मायाप्रेम, सामाजिक सञ्जाल, आर्थिक अभाव, मापसे लगाएत रहेको पाइएको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

आगलागीबाट बच्न रामेछापका सबै स्थानीय तहले ‘अग्निशमन यन्त्र’ राख्नु पर्ने

Next Post

बेताली चौकी सारेमा आन्दोल गर्ने स्थानीयको चेतावनी जि.प्रको ध्यानार्कषण गराए

Next Post
बेताली चौकी सारेमा आन्दोल गर्ने स्थानीयको चेतावनी जि.प्रको ध्यानार्कषण गराए

बेताली चौकी सारेमा आन्दोल गर्ने स्थानीयको चेतावनी जि.प्रको ध्यानार्कषण गराए

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.