Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आगलागीबाट बच्न रामेछापका सबै स्थानीय तहले ‘अग्निशमन यन्त्र’ राख्नु पर्ने

Milan Ghimire by Milan Ghimire
December 6, 2019
in अर्थतन्त्र, जनता स्पेसल, विचार, समाचार, सूचना प्रविधि
0
आगलागीबाट बच्न रामेछापका सबै स्थानीय तहले ‘अग्निशमन यन्त्र’ राख्नु पर्ने
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

२० मंसिर

रामेछाप जिल्लामा आगलागीबाट बच्नका लागि जिल्लाका सबै स्थानीय तहले कम्तिमा पनि १० वटा फायर एक्सटिंग्विशर (अग्निशमन यन्त्र) राख्नु पर्ने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार मन्थलीमा बसेको बैठकले सो निर्णय गरेको हो ।
रामेछाप सुक्खाग्रस्त जिल्ला भएको र पर्याप्त पानी समेत नभएको कारण आगलागी भइ हाले तत्काल नियन्त्रणको लागि फायर एक्सटिंग्विशर राख्ने निर्णय गरिएको जिल्ला विपद् व्यवस्थापन समिति रामेछापकी संयोकज एवं प्रमुख जिल्ला अधिकारी लिलाकुमारी पाण्डे केसीले जानकारी दिनुुभएको हो ।
फायर एक्सटिंग्विशरमा मोनो एमोनिया फस्फेट पाउडर, कार्बनडाइअक्साइड ग्यास र नाइट्रोजन ग्यास राखिएका हुन्छन् । उक्त उपकरण जडित सिलिण्डरको ढकनमा रहेको सिल तोडेर ह्याण्डल थिच्दा निक्लने उक्त मिश्रणले आगो निभाउन सघाउँदछ । जसले आगलागीबाट हुने ठूलो जोखिमबाट बच्न सकिन्छ ।

यसका साथै जिल्लाका स्थानीय सरकारका विपद् व्यवस्थापन गर्ने ऐन, नीति र कार्यविधि तथा सो अनुसारको उपकरण र तयारीको अवस्थाको बारेमा पनि समितिले तथ्य संकलन गर्ने भएको छ । विपद्को बेलामा सहज रुपमा ती सामाग्रीहरुको प्रयोग गर्ने वातावरण बनोस् भनेर सो तथ्याङ्क संकलन गर्न लागिएको प्रमुख जिल्ला अधिकारीले बताउनुुभयो ।

बैठकमा प्रमुख जिल्ला अधिकारी केसीले जिल्लाका ८ वटै पालिका र ६४ वटै वडामा पालिका र वडा स्तरीय विपद् व्यवस्थापन समितिहरु गठन भइ सकेको जानकारी दिनéएको थियो ।
विपद् व्यवस्थापन समितिलाई एकै खालको नम्बरभएको सीम उपलब्ध गराइने भएको छ ।

रामेछाप जिल्लामा सुक्खा मौसमको बेलामा अधिक रुपमा आगलागीका घटनाहरु हुने गर्दछन् । त्यसैले त्यसको नियन्त्रणको लागि बेलैमा काम सुरु गरिएको उहाँले जानकारी दिनुुभयो ।
यसको साथै जोड महिनामा हिउँ र तुसारो पर्ने उमाकुण्ड, गोकुलगंगा तथा दोरम्बा गाउँपालिकामा आइपर्ने विपद व्यवस्थापनको लागि पनि तयारी अवस्थामा रहेन समितिले निर्णय गरेको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

कांग्रेस नेता चौलागाईछद्धारा विद्यालयलाई शैक्षिक सामाग्री वितरण

Next Post

चार महिनामा ४५ जना हराए, हराउनेमा महिलाको संख्या उच्च

Next Post
चार महिनामा  ४५ जना हराए, हराउनेमा महिलाको संख्या उच्च

चार महिनामा ४५ जना हराए, हराउनेमा महिलाको संख्या उच्च

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.