Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कपिलवस्तु जिल्ला बाल श्रम मुक्त तथा श्रमिक मैत्री ईट्टा उद्योग बन्न सफल

Milan Ghimire by Milan Ghimire
December 11, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
कपिलवस्तु जिल्ला बाल श्रम मुक्त तथा श्रमिक मैत्री ईट्टा उद्योग बन्न सफल
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

भगवती न्यौपाने,२५ मंसिर,

कपिलबस्तु—बाल श्रम र पूर्ण रुपमा कामदार मैत्री ईट्टा उद्योग संचालन गर्ने १२ वटा उद्योगका उद्यमीहरुलाई एक कार्यक्रमका बिच सम्मान गरिएको छ ।

कपिलवस्तु र रुपन्देहीमा रहेका उद्योगहरुमा श्रम व्यवस्थापन सम्वन्धी परियोजना संचालनमा आएपछि उद्योगहरु वालश्रम मुक्त र पूर्ण रुपमा कामदार मैत्री उद्योगका रुपमा आएका छन् ।

पूर्ण रुपमा कामदार मैत्री उद्योगका रुपमा संचालन भई रहेका ४ वटा उद्योगहरु र कामदार मैत्रीको रुपमा बालश्रममा वन्देज, ईच्छा विपरित श्रम नलगाउने, कामदारहरुको ज्यालामा पारदर्शिता, स्वास्थ्य तथा सुरक्षा सहित विभिन्न कामदारका मागहरुको संवोधन गरी पूर्ण रुपमा वालमैत्री उद्योगका रुपमा पुग्न गइ रहेका र हाल वालश्रम हटाईएका ८ वटा उद्योगका उद्यागीहरुलाई संम्मान गरिएको हो । उहाँहरुलाई ग्लोबल फेयरनेस ईनिसिएटिभको सहयोग, नेपाल गुडविभ फाउन्डेसन, घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालको सहकार्यमा संचालित बेटर ब्रिक – नेपाल परियोजना मर्फत सम्मान गरेको थियो ।

बुटवलको नयाँ मिल स्थित लक्ष्मी होटलमा प्रदेश पाँचका उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्रालयका मन्त्री लिला गिरीको हात बाट बेटर व्रिक नेपाल परियोजनाको ५ वटा मापदण्ड पुरा गर्ने ४ वटा ईट्टा उद्योगहरु रुपन्देहीको सिद्धार्थ ईट्टा उद्योग, कपिलस्तुहरुको संमृद्धि ईट्टा उद्योग, सेभेन स्टार ईट्टा उद्योग र एन.एस.एस ईट्टा उद्योगलाई सम्मानित गरिएको घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका कार्यक्रम संयोजन दुर्गा अर्यालले जनकारी दिनुभयो ।

त्यस्तै बाल श्रम मुक्त गर्न सफल ८ वटा कपिलबस्तु र रुपन्देहीका ईट्टा उद्योगलाई सम्मान गरिएको छ । बाल श्रम मुक्त गर्न सफल रुपन्देहीको सोना ईट्टा उद्योग, कपिलबस्तुहरुको हिमाल ईट्टा उद्योग, बुद्ध ईट्टा उद्योग, आर।सी। ईट्टा उद्योग, बौद्ध ईट्टा उद्योग, एपोलो ईट्टा उद्योग, लक्की ईट्टा उद्योग र जयसवाल ईट्टा उद्योगलाई पनि सम्मान गरिएको छ ।

कार्यक्रममा प्रदेश पाँचका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले बाल श्रम न्युनिकरण गर्न स्पष्ट नीतिका साथ अगाडी बढ्नुपर्ने बताउँनुभयो । उहाँले मुलुकमा बाल श्रम उन्मुलन गर्न आर्थिक कुरा जोडिएको भन्दै बाल श्रम रहेका परिवारको आर्थिक श्रोतहरुलाई फराकिलो बनाउँन आवश्यक रहेको बताउँनुभयो । उहाँले अब श्रमिक र बालबालिकाहरुको हकहितको लागी काम गर्न आवश्यक रहेको बताउँदै नागरिकहरुको सुरक्षाको लागी जिम्मेवार भएर काम गर्न आफु सधै लाग्ने बताउनुभयो ।

त्यस्तै प्रदेश सभा सदस्य दधिराम न्यौपानेले बालश्रमलाई व्यवहारमै अन्त्य गर्नु जरुरी रहेको बताउँनुभयो । उहाँले बालश्रम मुक्त भनिए पनि अझै त्यस्ता उद्योगहरुमा बालबालिकालाई काममा लगाउने गरिएको भन्दै उनले कार्यान्वयनमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले श्रमिक र बालबालिकाको अधिकारको लागी भाषणमा भन्दा व्यवहारीकमा जानु आवश्यक रहेका बताउँदै बालबालिकाहरुलाई शिक्षाको पहुँच पु¥याउने परिवार मात्रैको जिम्मेबारी नभएर सरकारको पनि दायित्व रहेको जिकिर गर्नुभयो ।

त्यस्तै प्रदेश पाँचका सभा सदस्य पुष्पा चौधरीले हरेक क्षेत्रमा बालश्रम मुक्त अभियान चलाउन आवश्यक रहेको बताउँनु भयो । उहाँले बेटर व्रिक–नेपाल परियोजनाले उद्योगी र श्रमिकहरुलाई उत्तरदायी उत्पादन गर्न र बालश्रम मुक्त उद्योगलाई सम्मान गरि उदाहरणिय काम गरेको उल्लेख गर्नुभयो । उहाँले अब बाल श्रमलाई न्यूनिकरण गर्न मात्र होइन बालश्रम अन्त्य गर्न सबै सरकारी तथा गैर–सरकारी निकाय थप जिम्मेबारको साथ अगाडी वढ्न आवश्य रहेको बताउँनुभयो ।

यसै क्रममा ग्लोबल फेयरनेश ईनिसियटिभका राष्ट्रिय निर्देशक सुरेश पण्डितले उद्योगलाई बालश्रममुक्त एवं श्रमिक मैत्री बनाउन खोजेकोले राम्रो कार्य गर्नेलाई प्रोत्साहन गर्ने हेतुले यो सम्मान गरेको बताउँनुभयो । उहाँले ग्लोबल फेयरनेस ईनिसियटिभले नेपाल सरकार र स्थानीय साझेदार संस्थाहरु मार्फत ईटा उद्योगको समग्र रुपान्तरणमा काम गर्दै आएको बताउँदै उद्योगी र श्रमिकहरुलाई उत्तरदायी ईट्टा उत्पादनमा थप जिम्मेबारी बनाएको बताउँनुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts

Previous Post

बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

Next Post

सागमा विजयी खेलाडीलाई प्रधानमन्त्री ओलीको ‘सरप्राइज पुरस्कार’ घोषणा

Next Post
सागमा विजयी खेलाडीलाई प्रधानमन्त्री ओलीको ‘सरप्राइज पुरस्कार’ घोषणा

सागमा विजयी खेलाडीलाई प्रधानमन्त्री ओलीको ‘सरप्राइज पुरस्कार’ घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.