२५ मंसिर,
काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतिगोगितामा विजयी नेपाली खेलाडीलाई प्रधानमन्त्री केपी ओलीले ‘सरप्राइज’ पुरस्कारको घोषणा गर्नुभएको छ । उहाँले प्रधानमन्त्री निवास बालुवाटारमा बधाई दिन बोलाएका प्रधानमन्त्री ओलीले विशेष पुरस्कारको घोषणा गर्नुभएको हो ।
प्रधामन्त्री ओलीले साग प्रतियोगितामा दुईभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई जनही ११ लाख, एउटा मात्र स्वर्ण जित्नेलाई ९ लाख, रजत विजेता खेलाडीलाई ६ लाख र कास्य जित्ने खेलाडीलाई तीन लाख रुपैयाँ सरकारको तर्फबाट दिने घोषणा गर्नुभयो ।
बालुवाटारमै बोलाएर विजेता खेलाडीलाई बधाईसँगै विशेष रकमको घोषणा गरेपछि विजेता खेलाडीहरु उत्साहित भएका छन् । प्रधानमन्त्रि ओलीले साग प्रतियोगितामा दुईभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई जनही ११ लाख, एउटा मात्र स्वर्ण जित्नेलाई ९ लाख, रजत विजेता खेलाडीलाई ६ लाख र कास्य जित्ने खेलाडीलाई तीन लाख रुपैयाँ सरकारको तर्फबाट दिने घोषणा गरेका हुन्।
अघिल्लो सागमा भने सरकारले स्वर्ण विजेतालाई पाँच लाख, रजतलाई तीन र कास्यलाई दुई लाख दिएको थियो ।
नेपालले ५१ स्वर्ण पदक जित्दै प्रतियोगिता सम्पन्न भएको छ । नेपालले कुल पदक भने २०६ वटा जितेको छ ।