Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सांसद शान्ता चौधरी ‘बी’ ग्रेड,करिष्मा मानन्धर ‘बी’ प्लस ग्रेडसहित एसईई उत्तीर्ण

Milan Ghimire by Milan Ghimire
July 3, 2019
in जनता स्पेसल, मनोरञ्जन, समाचार
0
सांसद शान्ता चौधरी ‘बी’ ग्रेड,करिष्मा मानन्धर ‘बी’ प्लस ग्रेडसहित एसईई उत्तीर्ण
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप,असार,१२ मिलन बि.क

नेपाल कम्युनिष्ट पार्टी नेकपाकी संसदीय दलकी सचेतक शान्ता चौधरी माध्यमिक शिक्षा परीक्षा एसईईमा उत्तीर्ण हुनु भएको छ । उहाँ ‘बी’ ग्रेडमा उत्तीर्ण हुनु भएको हो । उहाँले २.६५ जीपीए ल्याउनु भएको छ । उहाँले गएको चैतमा भएको परीक्षा दाङको तुलसीपुर उपमहानगरपालिका ६ मा रहेको मावि सेन्टर तुलसीपुरबाट दिनु भएको थियो ।
उहाँकी छोरी विनु पनि एसईईमा उत्तीर्ण हुनु भएको छ । विनुले काठमाण्डौस्थित बसुन्धराबाट परीक्षा दिनु भएको थियो । २०७३ सालमा मावि डाँडागाउँमा कक्षा आठमा भर्ना भएपछि शान्ताको औपचारिक पढाइ सुरु भएको हो ।

२०६४ सालमा पहिलो संविधानसभामा उहाँ समानुपातिक सभाषद बन्नु भएको थियो । संसदीय समितिमा बस्दा पढाइ पनि आवश्यक हुने ठानेपछि उहाँले औपचारिक अध्ययनलाई निरन्तरता दिनु भएको हो । त्यसअघि उहाँ दाङमै कम्लरीमा भएर निकै संघर्षपूर्ण जीवन बिताउनु भएको थियो । थारु समुदायमा कम्लरी हुँदै पहिलो संविधानसभामा सभाषद भएपछि उहाँले ‘कम्लरीदेखि सभाषदसम्म’ आत्मकथा पनि सार्वजनिक गर्नु भएको थियो ।

यस्तै एसईई परीक्षामा अभिनेत्री करिश्मा मानन्धर ३ जीपीए नम्बरसहित उत्तीर्ण भएकी छिन् । मानन्धर बी प्लस ग्रेडमा उत्तीर्ण भएकी हुन् । अभिनेत्री मानन्धरले एसईईको तयारीका लागि विध्यालयमा भर्ना भएर नियमित कक्षा समेत लिएकी थिइन् । उनी त्रिवेणी पब्लिक बोर्डिङ स्कुलमा कक्षा ८ मा भर्ना भएकी थिइन् । त्यसै विद्यालयबाट उनले एसईईको तयारी गरेकी थिइन् ।

अभिनेत्री मानन्धरले अध्ययन गरेको त्रिवेणी पब्लिक बोर्डिङ स्कुलको सेन्टर विजय स्मारक माविमा परेको थियो । काठमाण्डौको डिल्ली बजारमा रहेको त्यस विद्यालयबाट उनले एसईई दिएकी हुन् ।

करिष्माले कक्षा ७ पढ्दापढ्दै पढाइ बीचैमा छोडेर सिने क्षेत्रमा लागेकी थिइन् । उनी चलचित्र क्षेत्रमा आउँदा मात्र १४ वर्षकी थिइन् ।
यस वर्षको एसईई परीक्षामा देशभरबाट ४ लाख ५० हजार २ साय ७५ परीक्षार्थी सहभागी भएकोमा ३.६ देखि ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना, ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने ५१ हजार १ सय ३७ जना, २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ६३ हजार ७ सय ४१ जना, २ देखि २।४ जीपीएसम्म ९८ हजार २ सय ७ जना रहेका छन् ।

त्यस्तै १.६ देखि २ जीपीएसम्म ल्याउने ९५ हजार ३ सय ७ जना, १.२ जीपीएदेखि १.६ जीपीएसम्म ल्याउने परीक्षार्थीको संख्या ४३ हजार ८ सय ४१ जना रहेका छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

एसईई परीक्षाको नतिजा प्रकाशित,

Next Post

प्रयोगात्मकका लागि एथ्लेटीक प्रतियोगिता

Next Post
प्रयोगात्मकका लागि एथ्लेटीक प्रतियोगिता

प्रयोगात्मकका लागि एथ्लेटीक प्रतियोगिता

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...