पौष ०५,
ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकाको खिजिमा हवाई उडान परिक्षण गरिएको छ । गाउँपालिकाको खिजिमा निर्माणाधीन मैदानको निर्माण कार्य सम्पन्न भएलगतै उडान परिक्षण गरिएको हो । गएको मंगलवार संघिय प्रतिनिधीसभाका सदस्य सांसद यज्ञराज सुनुवारको नेतृत्वमा नागरिक उड्डयन प्राधिकरणको टिमले हवाई मैदानमा परीक्षण उडानको सम्भावना बारेमा अनुगमन गरको हो । अनुगमनमा सांसद सुनुवारसगै नागरिक उड्डयन प्राधिकरणका ईञ्जिनियर विनायक भट्टराई, तारा एयरका अपरेटिङ म्यानेजर शान्त प्रजापती, क्याप्टेन सन्तोष शाह, खिजिदेम्बा गाउँपालिका प्रमुख वेद वहादुर रोकाको सहभागिता रहको थियो ।
लामो समयको प्रयासपछि निर्माण कार्य सम्पन्न भएको र अनुगमन टोलीले स्थलगत अनुगमन गरिसकेकाले चाडै हवाई उडान हुने विश्वास आफुले गरेको गाउँपालिकाका अध्यक्ष बेद बहादुर रोकाले जानकारी दिनुभयो ।
निर्माण कार्य सुरु भएको झण्डै १३ वर्ष पछि हवाई मैदान उडान परीक्षणका लागि तयारी भएको खिजिदेम्बा गाउँपालिकाले जनाएको छ ।
गत अर्थिक वर्ष २०७३–०७४ बाट नेपाल सरकारको बजेटमा नै समाबेश गरि हवाई मैदान निर्माण कार्यलाई तिब्रता पाएको थियो ।
निर्माण सम्पन्न भएको सो हवाई मैदानमा नियमित हवाई उडान भएमा ओखलढुङ्गा, सोलुखुम्बु र रामेछाप जिल्लाका नागरिकहरु प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।
नियमित उडान भएमा दिनमा १५ देखी १८ घण्टा लगाएर गाडीमा जोखिम पूर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य हुने छ ।
निमाण सम्पन्न भएसंगै हवाई उडान हुनेभएकाले स्थानीय खुसी भएका छन् ।