Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेकपा स्थायी कमिटी बैठक आज सकिने

Milan Ghimire by Milan Ghimire
August 9, 2022
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
नेकपा स्थायी कमिटी बैठक आज सकिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पुष ०६

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक आज सकिने भएको छ । अध्यक्षको प्रतिबेदनमाथि सहमति जुटाएर बैठक समापन गरिने भएको हो ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन र महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावलाई सुझावसहित पारित गर्दै बैठक सकिने बताइएको छ ।

बैठकले केन्द्रीय कमिटीको बैठकको मिति पनि तय गर्ने नेता बेदुराम भुसालले जानकारी दिनुभयो ।

बैठकले विधान संशोधन गर्दै केन्द्रमा मात्र उपाध्यक्ष रहने र त्यसमा बामदेव गौतमलाई नियुक्त गर्ने निर्णय पनि गर्ने नेताहरुले बताएका छन् । सचिवालय विस्तार भने नहुने भएको छ ।

बैठकमा नेताहरुले सरकारको कामकारबाही प्रभावकारी नभएको, सिमा विवादलाई टुंग्याउन नसकेको, सरकार भ्रष्टाचारमा लिप्त भएको, पार्टी संचालन प्रभावकारी हुन नसकेको, एमसिसिका बारेमा गलत निर्णय भएको लगायतका विषयलाई प्राथमिकताका साथ उठाएका थिए ।

सवै नेताहरुले उठाएका विषयलाई अध्यक्ष प्रचण्डले हिजो जवाफ दिनुभएको थियो । अर्को अध्यक्ष तथा प्रधानमन्त्री ओली अस्वस्थताको कारण देखाउदै बैठकमा कुनै दिन पनि उपस्थीत हुनुभएको थिएन ।

तत्कालिन नेकपाका केही नेताहरु स्थायी कमिटीको बैठक नै छोडेर राष्ट्रपति कार्यालयमा राष्ट्रपतिसँग छलफलमा गएको भन्दै आलोचना भएकाले त्यसलाई थप चर्किन नदिन र एमसिसिको बारेमा थप विवाद हुन नदिन पनि बैठक आजै टुंग्याउने तयारीमा नेताहरु रहेको बताइएको छ ।

बैठकले एमसीसीका बारेमा कुनै निर्णय नगरी अध्ययनपछि निर्णय लिने र त्यसका लागि अध्ययन कार्यदल बनाउने निर्णय गर्ने एक नेताले जानकारी दिएका छन् ।

ढिलोमा तीन तीन महिनामा बस्नु पर्ने व्यवस्था भएको बैठक एक बर्षपछि बसेको हो । आजको बैठक बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

क्लब विश्वकपको उपाधि लिभरपुलले जित्यो

Next Post

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि रुख नकाट्न सर्वोच्चको अन्तरिम आदेश

Next Post
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि रुख नकाट्न सर्वोच्चको अन्तरिम आदेश

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि रुख नकाट्न सर्वोच्चको अन्तरिम आदेश

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.