Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मुख्यमन्त्री पौडेलको प्रश्न : प्रविधिको समयमा फाइल पल्टाउने ?

Milan Ghimire by Milan Ghimire
December 24, 2019
in अर्थतन्त्र, जनता स्पेसल, शिक्षा, समाचार, स्वास्थ्य
0
मुख्यमन्त्री पौडेलको प्रश्न : प्रविधिको समयमा फाइल पल्टाउने ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

७ पुस,

हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पुरानै शैलीले काम गरे परिवर्तनको महसुस हुन नसक्ने बताएका छन् ।

‘प्रविधिको जमाना सुरु भैसक्यो, हामी पुरानै शैलीमा धमिरा लागेका फाइल पल्टाउँछौं,’ उनले प्रश्न गरे, ‘कसरी हुन्छ जनतामा परिवर्तनको महसुस ?’

नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको आयोजनामा भएको राष्ट्रिय अभियान अन्तर्गत सोमबार भएको कार्यक्रममा मुख्यमन्त्री पौडेलले जबसम्म जनतामैत्री काम कर्मचारीबाट हुँदैन तबसम्म परिवर्तनको महसुस गराउन्न नसकिने उनले बताए ।

कर्मचारी युनियनले आफू पाएक भन्दा पनि जनता (ग्राहक) का लागि काम गर्नु पर्ने उनको भनाइ थियो । कर्मचरीको संगठन भन्ने वित्तिकै सबै डराउनु पर्ने अवस्थालाई चिर्नका लागि थालिएको अभियानको सफताको शुभकामना दिँर्दै मुख्यमन्त्री पौडेलले सुधारीएको प्राधिकरणले जनताको समस्यालाई संबोधन गर्नुपर्ने बताए ।

हामी केवल आफ्नो मात्र सोच्ने अवस्थामा पुगेका भन्दै उनले सेवाग्राहीको भावना बुझ्न सके मात्रै जनताले मुलुकमा परिवर्तन आएको महशुस गर्ने र थला परेको अभियानले पनि सार्थकता पाउने बताए ।

‘स्वच्छ सेवा, स्वच्छ नेपाल विद्युत प्राधिकरण’ भन्ने राष्ट्रिय अभियानमा रहेको राष्ट्रिय कर्मचारी युनियनको आयोजनामा प्राधिकरणको प्रदेश डिभिजन कार्यालय परिसरमा वृक्षारोपण गरिएको थियो ।

प्राधिकरण परिसरमा मुख्यमन्त्री पौडेलले एभोकाडोको बिरुवा रोपेका थिए । अभियानमा प्राधिकरण प्रदेश ३ हेटौंडा डिभिजन परिसरमा अमला, कागती लगायतका विरुवाहरु रोपिएका छन् ।
कार्यक्रममा कर्मचारी युनियनले प्राधिकरणको अहिलेको अवस्था र सुधार गर्नुपर्ने कामको बारेमा तयार परेको कार्यपत्र प्रस्तुत गरिएको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

पुष्पा बस्नेत बनिन् दशककै प्रेरणादायी व्यक्तित्व

Next Post

कपिलवस्तुमा थारु बाजा र ढकिया बुन्ने ५ दिने तालिम सम्पन्न

Next Post
कपिलवस्तुमा थारु बाजा र ढकिया बुन्ने ५ दिने तालिम सम्पन्न

कपिलवस्तुमा थारु बाजा र ढकिया बुन्ने ५ दिने तालिम सम्पन्न

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.