Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कपिलवस्तुमा थारु बाजा र ढकिया बुन्ने ५ दिने तालिम सम्पन्न

Milan Ghimire by Milan Ghimire
December 24, 2019
in अर्थतन्त्र, जनता स्पेसल, मनोरञ्जन, समाचार
0
कपिलवस्तुमा थारु बाजा र ढकिया बुन्ने ५ दिने तालिम सम्पन्न
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

भगवती न्यौपाने कपिलवस्तु पुस, ७

सिप, कला संस्कृतिलाई व्यवसायीकरण गर्दै आर्थिक अयआर्जनको पेशा संग जोडेर अगाडी वढ्न आवश्यक रहेको प्रदेश सांसद विष्णु पन्थिले बताउनु भएको छ । बुधवार अर्थात २ गतेबाट सुरु भएको थारु समुदायको परम्परागत सिप विकास ९थारु बाजा र ढकिया बुन्ने तालिमको समापन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । थारू समुदाय भित्र रहेको मौलिक कला संस्कृतिहरु लोप हुने संघरमा पुगेको बताउदै थारु समुदाय क्रियाशिल भएर आफ्नो भाषा, संस्कृति र पहिचान जोगाउन आग्रह गर्नु भयो ।

वर्षौदेखि प्रयोग र जिवीकोपार्जन गर्दै आएका परम्परागत लोक कला संस्कृति, सीपहरु नयाँ पुस्तामा सीप हस्तान्तरण गर्नुपर्ने सांसद पन्थिले राख्नु भयो । यस किसिमको कार्यक्रमले नगरमा कोसे ढुङगा सावित हुने उहाँले जिकिर गर्नु भयो । साथै जनता खुसि र सुखि बनाउन सरकार लागेको बताउनु भयो । अब हरेक क्षेत्रमा थारु भान्सा आवश्यक परेको बताउनु भयो । त्यस्तै वाणगंगा नगरपालिकाका उप्र–प्रमुख चक्रपाणि अर्यालले हरेक जातजाति आफ्नो भाषा, संस्कृति संरक्षणको समान गर्न आवश्यक रहेको बताउनु भएको छ । भौतिक पुर्वधार संगै सम्पूर्ण भाषालाई संरक्षण गर्न नगर सम्बेदनशिल भएको उहाँले बताउनु भयो । हरेक सिपलाई व्यवसायिककरण गदै लौजाने हो भने आर्थिक पाटोमा टेवा पुग्ने उप्रमुख अर्यालले बताउनु भएको छ । बाहिरबाट आउने अतिथि पाहुनालाई अब आफुले उत्पादन गरेको मायाको चिनो दिनु पन्ने तर्क गर्नु भयो । नगरमा अब थारु संग्रहलय बनाउने पनि बताउनु भयो । बाणगंगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष गुणानिधि भुषालले थारु समुदायको परम्परागत सिपमुलक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यस किसिमको कार्यक्रम आयोजना गरेको बताउनु भयो ।
भाषा संस्कृति पहिचान संग जोडिएको बताउदै यसलाई जोगाई राख्न तीनै तहको सरकार सम्बेद्धनशिल हुनुपर्ने बताउनुभयो ।
थारु संस्कृति संरक्षण तथा प्रवद्र्धन सभा बाणगंगा गारपालिका –८ कपिलबस्तुका नाथुराम थारुको अध्यक्षता, थारु कल्याणकारी संस्कृति संरक्षण सभाको कोषाध्यक्ष सिमा थारुको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन थारु संस्कृति संरक्षण तथा सम्बद्घन सभा सचिव रामवहादुर चौधरिले गर्नु भएको थियो । २ गते बाट सुरु भएको तालिम सोमवार अर्थात ७ गते सम्पन्न भएको छ । तालिममा ढकियाको मिना थारु, तुल्सी कुमारी थारु र मादलको रामवली थारुले प्रशिक्षण दिनुहुने भएको थियो । कार्यक्रममा शिक्षक अर्थात समाजसेवि भोजराज थारु, थारु पत्रकार संघका सचिव कमल चौधरी, समाजसेवी नाथुराम थारु, सत्यनारायण थारु लगायतको उपस्थित रहेको थियो । कार्यक्रममा प्रमाण पत्र सगै प्रदान गरिएको थियो भने आफ्नो पोसकमा थारुहरुले थारु नाच पनि देखाएको थिए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

मुख्यमन्त्री पौडेलको प्रश्न : प्रविधिको समयमा फाइल पल्टाउने ?

Next Post

दिपक भण्डारी र बर्षा लम्सालको रोइला गीत अप्सरा सार्बजनिक

Next Post
दिपक भण्डारी र बर्षा लम्सालको रोइला गीत अप्सरा सार्बजनिक

दिपक भण्डारी र बर्षा लम्सालको रोइला गीत अप्सरा सार्बजनिक

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...