Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

राजधानी जहाँ भए पनि उपत्यका बाहिर नै हुन्छ : मुख्यमन्त्री पौडेल

Milan Ghimire by Milan Ghimire
December 25, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
मुख्यमन्त्री पौडेलको प्रश्न : प्रविधिको समयमा फाइल पल्टाउने ?
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

पुस ९,

मकवानपुर । प्रदेश ३ को राजधानी र नामाकरणको विषयमा सहमति भइसकेको मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभएको छ ।

मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गण्डकी प्रदेशका सभामुख नेतृत्वको टोलीलाई स्वागत गर्दै उहाँले प्रदेशको नामाकरण र राजधानीको विषयमा सहमति भइसकेको दावी गर्नुभएको हो ।

‘हाम्रो सहमति भइसकेको छ, अब प्रदेशसभा बैठक बसेर अनुमोदन गर्न बाँकी छ,’ गण्डकी प्रदेशको जिज्ञासामा उहाँले भन्नुभयो, ‘परिपक्व निर्णयका लागि हामीले यो विषयमा केही ढिलाइ गरेका हौँ । अब बस्ने प्रदेशसभाको पहिलो एजेण्डा नै राजधानीको नामाकरण र स्थान टुंगो लगाउने हो ।’

बहुमत भएकै आधारमा हचुवाको भरमा राजधानी टुंगो लगाउन नहुने भन्दै उहाँले सबैको सहमतिमा टुंगो लगाउँदा दीगो हुने बताउनुभयो ।

उहाँले राजधानी जहाँ भए पनि उपत्यका बाहिर नै हुने बताउनुभयो । ‘विकेन्द्रीकरणको विषयमा लामो समय देशमा संघर्ष भयो । अब उपत्यकामै राजधानी हुनुपर्छ भन्ने धारणा गतल हो ।’

उहाँले धेरै सांसद उपत्यकाभित्रै भएका कारण आफ्नो सहजताका लागि राजधानीको विषयमा विवाद निकाल्न खोजेको बताउनुभयो ।

प्रदेश ३ ले राजधानीको विषयमा समिति बनाएर अध्ययन गरिसकेको छ भने राजधानी टुंगो लगाउने कार्य्विधि पनि संसदबाट पारित गराइसकेको छ । बजेट अधिवेशनमा नै राजधानीको टुंगो लगाउन दबाब रहे पनि प्रदेश सरकारले हिँउदे अधिवेशनबाट टुंगो लगाउने तयारी गरिरहेको छ ।

मुख्यमन्त्री पौडेलले संघीयताको कार्यान्वयनको क्रममा कर्मचारीको अभाव भएको र आवश्यकता अनुसार ऐन कानुन उपलब्ध नहुँदा केही कठिन भए पनि विस्तारै सहज हुँदै गइरहेको दावी गर्नुभयो ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीसहितको टोलीलाई प्रदेश ३ सरकारले गरिरहेको कामका बारेमा मुख्यमन्त्री पौडेलले जानकारी गराउनुभएको थियो । उहाँले प्रदेश ३ को कृषि, शिक्षा, स्वास्थ्यलगायतको नीति तथा कार्यक्रमको विषयमा मुख्यमन्त्री पौडेलले जानकारी गराउनुभएको थियो भने गण्डकी प्रदेशले पनि आफ्नो अनुभव सुनाएको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

बदमासी गर्ने कर्मचारीलाई सरुवाको सट्टा कारबाही गर्नुपर्ने सांसदहरुको माग

Next Post

७५३ वटै स्थानीय तहको सर्भर ह्याक, लेखा प्रणाली नष्ट

Next Post
७५३ वटै स्थानीय तहको सर्भर ह्याक, लेखा प्रणाली नष्ट

७५३ वटै स्थानीय तहको सर्भर ह्याक, लेखा प्रणाली नष्ट

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.