Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बदमासी गर्ने कर्मचारीलाई सरुवाको सट्टा कारबाही गर्नुपर्ने सांसदहरुको माग

Milan Ghimire by Milan Ghimire
December 25, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार, सूचना प्रविधि, स्वास्थ्य
0
बदमासी गर्ने कर्मचारीलाई सरुवाको सट्टा कारबाही गर्नुपर्ने सांसदहरुको माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पुस ९,

काठमाण्डौ । सांसदहरुले बदमासी गर्ने कर्मचारीलाई कारबाही नगरी एकठाउँबाट अर्को ठाउँमा सरुवा गर्ने व्यवस्था हटाइनुपर्ने बताएका छन् ।

संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदनमाथि छलफल गर्दै सांसदहरुले बदमासी गर्ने कर्मचारीहरुलाई कारबाही नगरी सरुवा गर्ने प्रचलन हटाइनुपर्ने बताएका हुन् ।

सांसद रेखा शर्माले बदमासी गर्ने कर्मचारीहरुलाई कारबाहीको व्यवस्था गर्नुपर्ने बताउनुभयो। सांसद पम्फा भुसालले विधेयकमा सरकारले स्पष्टीकरण लिन सक्ने, बढुवा रोक्ने र निलम्बनसम्म गर्नसक्ने व्यवस्था राख्नुपर्ने बताउनुभयो ।

सांसदहरुले परराष्ट्र सेवामा रहेका कर्मचारीहरु राजदूत बनेर जाँदा ठाउँ खाली हुने तर अर्को कर्मचारी दरबन्दी गर्न नमिल्ने समस्या रहेकाले विधेयकमा त्यस सम्बन्धी उचित व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । सांसद जनार्दन शर्माले परराष्ट्र सेवाका सहसचिवहरु राजदूत बनेर जाँदा मन्त्रालयमा दरबन्दी सिर्जना हुनुपर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै सांसदहरुले तल्लो तहमा रहेका कर्मचारीहरुलाई करारमा लिने व्यवस्था हटाइनुपर्ने बताएका छन् । उनीहरुले ठुलो पदमा रहनेले राज्यको सबै सेवा सुविधा पाउने तर तल्लो तहमा काम गर्ने कर्मचारीले कुनै पनि सेवा सुविधा नपाउने खालको विभेदकारी व्यवस्था गर्न नहुने बताएका हुन् ।

सांसदहरुले लोकसेवामार्फत नै कर्मचारी लिनुपर्ने व्यवस्था गर्नुपर्ने बताएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले तल्लो तह मुख्य काम नहुने र पुरै समय कार्यालयमा बस्नुपर्ने आवश्यकता नभएकाले करारमा कर्मचारी राख्ने व्यवस्था गरिएको बताउनुभयो । उहाँले मुख्य काम ९कोर फङ्सन० र अन्य काम छुट्याउन सकिने बताउनुभयो ।

समितिको मंगलबारको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा ९ अन्तर्गतका १० वटा उपदफाहरुमाथि छलफल भएको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

समाजवादीले सरकारलाई दिएको समर्थनबारे बुधबार निर्णय गर्दै

Next Post

राजधानी जहाँ भए पनि उपत्यका बाहिर नै हुन्छ : मुख्यमन्त्री पौडेल

Next Post
मुख्यमन्त्री पौडेलको प्रश्न : प्रविधिको समयमा फाइल पल्टाउने ?

राजधानी जहाँ भए पनि उपत्यका बाहिर नै हुन्छ : मुख्यमन्त्री पौडेल

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.