Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नयाँ सभामुखबारे नेकपाको किचलोले संसद बन्धक, कांग्रेस आक्रोशित

Milan Ghimire by Milan Ghimire
December 28, 2019
in अर्थतन्त्र, जनता स्पेसल, फिचर, समाचार, सूचना प्रविधि
0
नयाँ सभामुखबारे नेकपाको किचलोले संसद बन्धक, कांग्रेस आक्रोशित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१२ पुष

काठमाडौँ – सभामुख चयनका विषयमा सत्तारुढ दलभित्र फैलिएको किचलोले संसद अनिर्णयको बन्दी बनेको छ । सत्तारुढ नेकपाले नयाँ सभामुख कसलाई बनाउने भन्ने निर्णय गर्न नसकेपछि संसद बन्धक बनेको हो ।

जनताको आवाज सुनाउने संसदलाई लामो समयदेखि अनिर्णयको बन्दी बनाएको भन्दै प्रमुख विपक्षी नेपाली कांग्र्रेसले आक्रोश पोखेको छ । पूर्ण बहुमतको सरकार चलाइरहेको नेकपाले सभामुख पदका लागि रडाको मच्याएर संसदलाई बन्धक पार्नु नालायकीपन भएको कांग्रेस सांसद पार्वता डिसी चौधरीले आरोप लगाउनुभयो ।
बलात्कारको आरोप लागेका कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएपछि संसद सभामुख बिहीन छ । शुक्रबार बस्ने भनिएको बैठकमा सभामुख चयनको प्रक्रिया सुरु हुने सम्भावित कार्यसूची थियो । तर सत्तारुढ नेकपाले नयाँ सभामुख कसलाई बनाउने भन्ने निर्णय लिन नसकेपछि शुक्रबार बस्ने भनिएको बैठक नै स्थगित भयो । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेयले अर्को बैठक पुष १६ गते दिउँसो एक बजेका लागि बोलाइएको जानकारी दिनुभयो ।
सभामुख चयनबारे टुंगोमा पुग्न नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज बालुवाटारमा बैठक पनि बसेको थियो । तर उक्त बैठकले पनि सभामुखबारे ठोस निर्णय लिन सकेन । नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पार्टीका दुईअध्यक्षबीच बैठक बसेको तर के कुराकानी भयो सोबारे आफूलाई थाहा नभएको बताउनुभयो ।

सभामुख छान्न नसकेर संसदलाई बन्धक पारेको विपक्षीको आरोपबारे नेम्वाङले यो विषय सत्तापक्ष र प्रतिपक्षसँगै सम्पूर्ण संसदकै भएकोले छिट्टै निकास निस्कनेमा आफू आशावादी रहेको बताउनुभयो ।

सभामुखका लागि नेकपाभीत्र पूर्व एमाले र पूर्व माओवादी खेमाले दाबी प्रस्तुत गरेका छन् । तर उपसभामुख शिवमाया तुम्वाहाम्फेले आफूलाई सभामुख बनाउने भए मात्रै राजीनामा दिने अडान लिएपछि सहमति जुट्न सकेको छैन । नयाँ सभामुख सुवासचन्द्र नेम्वाङ हुनुपर्ने प्रधानमन्त्री केपी ओलीको प्रस्वावमा अर्का अध्यक्ष दाहाल पनि सहमत रहेको बताइन्छ ।

तर पूर्व माओवादी खेमाले पार्टी एकताका बेला भएको शक्ति सन्तुलनका आधारमा आफूपक्षीय नेताले नै सभामुख पाउनुपर्ने अडान नत्याग्न प्रचण्डलाई चर्को दबाब दिएका छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

बहुमतका आधारमा कांग्रेसको म्याद एक वर्ष थप, १४ औं महाधिवेशन २०७७ फागुन ७ मा

Next Post

ओलीको रोजाइ नेम्वाङ, सापकोटाको पक्षमा दाहाल, राष्ट्रपतिको चाहना तुम्बाहाङफे

Next Post
ओलीको रोजाइ नेम्वाङ, सापकोटाको पक्षमा दाहाल, राष्ट्रपतिको चाहना तुम्बाहाङफे

ओलीको रोजाइ नेम्वाङ, सापकोटाको पक्षमा दाहाल, राष्ट्रपतिको चाहना तुम्बाहाङफे

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.