Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा वडाध्यक्षको दादागिरी वडाबासीमाथी नै हातपात

Milan Ghimire by Milan Ghimire
December 28, 2019
in जनता स्पेसल, समाचार
0
रामेछापमा वडाध्यक्षको दादागिरी वडाबासीमाथी नै हातपात
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

पुष, १२,रामेछाप

रामेछापको मन्थली नगरपालिका वडा नम्बर १० का स्थानीय देवि बहादुर बोहराले आफूलाई वडाध्यक्ष भरत बहादुर बोहराले कुटेको आरोप लगाएका छन् ।

शुक्रबार साँझ पख वडा अध्याक्षले आफ्नै घरमा बोलाएर घटेको घटना सुनाउँदै पीडित बोहराले भने– ‘किन बोलाएको रहेछ भनेर आफू अध्यक्षको घरमा गएँ । वडाध्यक्षको घरमा पुगेपछि आफ्नो खेतबाट अस्थाई सडक बनाई माटो जथभावी फालेर सडक निर्माणको लागि ढुङ्गा ओसार्ने काम भएको र त्यहाँ फालिएको माटो पन्छाउन अनुरोध गरे । आफ्नो अनुरोधलाई अस्वीकार गरेपछि भोलिपल्ट देखि ढुङ्गा ओसर्न नदिने भन्दा एक्कासी पछाडीबाट आफूलाई आक्रमण गरेर नजिकै रोकेर राखेको टिफरतिर हुत्याए । त्यसपछि वडाध्यक्ष भरत बहादुर बोहरा र वडाध्यक्षका भतिज विमल बोहराले आएर कुट्दै म¥यो भनेर टिफर मुनी फालेर हिडे त्यसपछि मैले केही थाहा पाइन ।’
वडाध्यक्षले कुटेका भनिएका देवि बहादुर बोहरालाई सदरमुकाम मन्थलीमा रहेको तामाकोशी सहकारी अस्पतालमा सामान्य उपचार गरी थप उपचारको लागि काठमाण्डौ लगिएको पीडितका आफन्ता दुर्गा बोहराले बताउनुभयो ।

मरे पनि लास उठाउनुहुँदैन भन्दै हिड्यो वडाध्यक्षको समूह श्रीमती

त्यस्तै पीडित बोहराका श्रीमती गीता बोहराले आफ्नो श्रीमान र वडाध्यक्षबीच भनाभन पर्दा झगडा नगर्नु भन्दा–भन्दै पनि वडाध्यक्षले पछाडीबाट एक थप्पर हानेर लडाएपछि भतिज पर्ने विमल बोहराले लात्तैलात्तले हिर्काएको बताउनुभयो । प्रत्यक्षदर्शी समेत रहेकी पीडितकी श्रीमतीले आफ्नो श्रीमानलाई हिर्काएर टिफर मुनी फालेर यो मरेपनि यसको लास उठाउँनुहुँदैन भन्दै वडाध्यक्ष सहितको समूह पल्लो डाँडोमा गएर बसेको पनि जानकारी दिनुभयो ।
त्यसपछि आफ्नो श्रीमानलाई अरु स्थानीयको साहयतामा उपचारको लागि अस्पताल सम्म ल्याएर उपचार भइरहेको उहाँले बताउनुभयो ।

मैले कुटेको छैन, उल्टै मेरो मुख लोपारेर हिडेका हुन् वडाध्यक्ष बोहरा,

देवि बहादुर बोहरालाई कुटेको आरोप लागेका वडा नम्बर १० का वडाध्यक्ष भरत बहादुर बोहराले आफूले कसैलाई पनि नकुटेको दाबी गरेका छन् । पीडित भनिएका देविबहादुर बोहरा मापासे गरेको अवस्थामा आएर जग्गाको विषयमा विभिन्न कुरा गरेको र त्यस्तो कुरा नगर्नु भनेर आफूले भन्दा उल्टै आफ्नो मुख लोपरेर हिडेको बताउनुभयो । त्यस पछि आफ्नो टाउकोमा भएको चस्मा पनि फुटाइदिएको वडाध्यक्ष बोहराको भनाई रहेको छ । त्यसपछि मापसे गरेको मान्छे भएकाले भतिज नाता पर्ने विमल बोहराले उनको घरतर्फ लगिदिएको पनि वडाध्यक्ष बोहराले बताउनुभयो । बोहरा तत्कालिन नेकपा माओबादीबाट निर्वाचिनत वडाध्यक्ष हुन् ।

घटनाको बारेमा बुझ्दै छौँ : प्रहरी प्रमुख भट्टराई

शुक्रबार भएको घटनाको बारेमा रामेछापका प्रहरी प्रमुख सन्तोष कुमार भट्टराईले जग्गाको विषयमा पारिवारिक झगडा भएको सम्म आफूले जानकारी पाएको बताउनुभयो । त्यस विषयमा दुबै पक्षलाई बोलाएर छलफल गराउने तयारी भइरहेको प्रहरी प्रमुख सन्तोष कुमार भट्टराईले जानकारी दिनुभयो ।

वडाध्यक्षको दादागिरीले हिडडुल समेत गर्न गाह्रो भो : स्थानीय

मन्थली नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष भरत बहादुर बोहराले बेला–बेलामा गाउँमै हिडडुल समेत गर्न नसक्ने गरी थर्काउने र सार्वजनिक ठाउँमै कुट्ने गरेको अर्का दुई पीडितले अरोप लगाएका छन् । वडा नम्बर १० कै स्थानीय मोहन बहादुर बोहराले वडाध्यक्षले पैसा लेनदेनको विषयलाई लिएर सार्वजनिक ठाउँमै आफूलाई कुटेको आरोप लगाएका छन् । केही वर्ष अगाडी गाडी खरिदको लागि भन्दै आफूसँग लगेको दुई लाख रुपैयाँ माग्न जाँदा उल्टै तँसँग मैले पैसा लगेको के प्रमाण छ भन्दै केही महिना अगाडी अहिले कुटाई खाने देविबहादुर बोहराकै अगाडी कुटेको बताउनुभयो । उनले भने –‘यदि देवि बहादुर बोहरा लगायत अरु व्यक्तिहरुले नछुट्याएको भए आफूलाई त्यतिबेला नै मार्ने थियो, धन्न बाँचे ।’

त्यस्तै अर्का स्थानीय उज्वल थापाले वडामा आएका समग्र योजनालाई एकल निर्णय गर्दै लगेको भन्ने प्रश्न गर्दा तँ को होस भन्दै आफूले गल्ती नगरेको कुरालाई वडा कार्यालय तोडफोड गरेको आरोप लगाएर झुट्टा मुद्दामा आफूलाई २१ दिन थुनामा राखेको बताउनुभयो । पीडित थापाले वडाध्यक्ष बोहराले गाउँका स्थानीयले वडा कार्यालयबाट हुने कामको बारेमा जान्न खोज्दा विभिन्न झुट्टा मुद्दा लगाएर फसाउने गरेको समेत आरोप लगाएका छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

ओलीको रोजाइ नेम्वाङ, सापकोटाको पक्षमा दाहाल, राष्ट्रपतिको चाहना तुम्बाहाङफे

Next Post

रामेछापको फुलासीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

Next Post
रामेछापको फुलासीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

रामेछापको फुलासीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.