Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौँडा कायम गर्न नेकपाको निर्देशन

Milan Ghimire by Milan Ghimire
December 29, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौँडा कायम गर्न नेकपाको निर्देशन
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

पुस १३

काठमाण्डौ । प्रदेश नम्बर ३ को नाम बाग्मती राख्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रदेश कमिटी र प्रदेश सभा दललाई निर्देशन दिने निर्णय गरेको ।

आइतबार बसेको सचिवालय बैठकले प्रदेश राजधानी भने अहिले रहेकै हेटौँडा कायम गर्न पनि निर्देशन दिने निर्णय गरेको हो । प्रदेशको नाम र राजधानीका विषयमा नेकपाकै सांसदहरु एकमत नहुँदा दुई वर्षदेखि निर्णय हुन सकेको थिएन ।

नेपाल मण्डल, नेवा ताम्सालिङ वा बाग्मती के नाम राख्ने भन्नेमै नेकपाका सांसदहरुबीच विवाद थियो । यस्तै राजधानीका विषयमा पनि उनीहरुभित्र काभ्रे, भक्तपुर, हेटौँडा कहाँ राख्ने भन्नेमा विवाद थियो ।

प्रदेश सांसदहरुबीच विवाद हुँदा नामाकरण र राजधानी तोक्न ढिलाइ भएपछि नेकपाको सचिवालय बैठकले प्रदेश सभा दल र प्रदेश कमिटीलाई आफूले गरेअनुसार निर्णय गर्न निर्देशन दिएको हो ।

प्रदेश नम्बर ३ को प्रदेश सभामा नेकपाको दुई तिहाइ बहुमत छ । आफ्नै पार्टीको दुई तिहाइको बहुमत रहेकाले नेकपाको सचिवालय बैठकले नाम र राजधानी टुङ्गो लगाउँदै त्यहीअनुसार निर्णय गर्न निर्देशन दिएको हो । नेकपाको सचिवालयले दिएको निर्देशनअनुसार अब प्रदेश सभाले निर्णय गरेपछि नाम र राजधानीले औपचारिकता पाउने छ ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नाम र राजधानी टुङ्गो लगाउन प्रदेश सभाबाट कठिन भएकाले पार्टीले नै निर्देशन दिनुपर्ने भन्दै अध्यक्षसामु प्रस्ताव राख्नुभएको थियो । मुख्यमन्त्रीकै आग्रहबमोजिम नेकपाले प्रदेशको नाम र राजधानी टुङ्गो लगाउँदै त्यसैअनुसार आफ्ना सांसदलाई अघि बढ्न निर्देशन दिएको हो ।

सचिवालय बैठकमा सभामुख चयन र राष्ट्रिय सभा चुनावका विषयमा भने समय अभावका कारण कुनै छलफल हुन नसकेको नेकपाका महासचिव विष्णु पौडेलले बताउनुभयो ।

यस्तै बैठकमा एमसीसीका बारेमा छलफल हुने भनिएको भए पनि यो विषयमा पनि छलफल नभएको उहाँले जानकारी दिनुभयो । एमसीसीको बारेमा पार्टीको स्थायी कमिटी बैठकले यस अघि निर्णय गरे अनुसार नै सचिवालय बैठकमा पनि निर्णय हुने पौडेलले बताउनुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

मानिसकाे दायित्व भनेकै वातावरण जोगाउनु र तिनीहरूकाे उचित प्रयाेग गर्नु हाे : ३ नं प्रदेश सदस्य पौडेल

Next Post

‘नेपाल भ्रमण वर्ष २०२०’ को उद्घाटन भव्य हुने

Next Post
‘नेपाल भ्रमण वर्ष २०२०’ को उद्घाटन भव्य हुने

‘नेपाल भ्रमण वर्ष २०२०’ को उद्घाटन भव्य हुने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.