Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

१२२ चिनियाँ नागरिक जनही एक हजार जरिवाना तिरेर छुटे

Milan Ghimire by Milan Ghimire
January 6, 2020
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
१२२ चिनियाँ नागरिक जनही एक हजार जरिवाना तिरेर छुटे
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

पुस २०,

काठमाडौं । गम्भीर साइबर अपराध गरेको भन्दै प्रहरीले हिरासतमा लिएका १२२ जना चिनियाँलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनही एक हजार जरिवाना तिराएर रिहा गर्न आदेश दिएको छ। जिप्रका काठमाडौंले उनीहरुविरुद्धको अभद्र व्यवहारसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ गर्दै जनही एक हजार जरिवाना तिराएर रिहा गर्न आदेश दिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यका अनुसार पक्राउ परेका सबैजनालाई जनही एक(एक हजार जरिवाना लिएर रिहा गरिएको जानकारी दिए। प्रशासनका अनुसार अबको कारवाहीबारेमा गृहमन्त्रालयले कदम चाल्नेछ। ुहामीले उनीहरुबाट जरिवाना लिएर रिहा गर्न आदेश दिएका छौँु, जिप्रकाका एक अधिकारीले भने, ुअब उनीहरुलाई स्वदेश फर्काउनेबारेमा अध्यागमन विभाग र गृहमन्त्रालयले आवश्यक निर्णय लिनेछन्।ु अनलाइनबाट ठगीसहितका अवैधानिक गतिविधि गरेको आरोपमा प्रहरीले गत पुस ७ गते काठमाडौँका विभिन्‍न स्थानबाट उनीहरुलाई पक्राउ गरेको थियो। अनुसन्धान पूरा गरेर प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् अनुसन्धान सकेर उनीहरुविरुद्धको फाइल जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बुझाएको थियो। काठमाडौं प्रहरीले मनमैंजु, बाँसबारी र बूढानीलकण्ठबाट पक्राउ परेका चिनियाँ नागरिकमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान सकेर आइतवार सरकारी वकिलको कार्यालयमार्फत् जिल्ला प्रशासनमा बुझाएको थियो। जिल्ला प्रशासन कार्यालयमा थुनछेक बहस सकिएपछि यस्तो आदेश आएको हो। स्रोतका अनुसार प्रहरीले लामो अनुसन्धान गर्दा पनि अन्य गम्भीर अपराधका घटनामा संलग्नता पुष्टि गर्न नसकेपछि अभद्र व्यवहारको मुद्दा मात्रै चलाएको थियो। बहसपछि कसुर नदेखिएको भन्दै प्रशासनले जरिवाना तिराएर छाड्न आदेश दिएसँगै अब उनीहरुलाई चीन फिर्ता गर्ने तयारी सरकारले गरेको छ। प्रहरीले उनीहरुविरुद्ध अध्यागमन कानुन उल्लंघनबाहेक अन्य कसुरमा संलग्नता पुष्टि गर्न सकेको थिएन।

Thahakhabr

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

मौसम : फेरि हिमपात र वर्षाको सम्भावना

Next Post

जिस्क्याए १० लाख जरिवाना

Next Post
जिस्क्याए १० लाख जरिवाना

जिस्क्याए १० लाख जरिवाना

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.