Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता सकियो : को को भए उम्मेदवार, विरोधमा उजुरी आज

Milan Ghimire by Milan Ghimire
January 6, 2020
in अर्थतन्त्र, जनता स्पेसल, टिभि, फिचर, समाचार, सूचना प्रविधि
0
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता सकियो : को को भए उम्मेदवार, विरोधमा उजुरी आज
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

२१,पुष,

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुको मनोनयनपत्र दर्ता र सूची प्रकाशनको काम सकिएको निर्वाचन आयोगले जनाएको छ ।

कार्यतालिका अनुसार प्रदेश नं. १ को मोरङ जिल्लाको बिराटनगर, प्रदेश नं। २ को धनुषा जिल्लाको जनकपुर, प्रदेश नंं ३ को ललितपुर जिल्लाको ललितपुर, गण्डकी प्रदेशको पोखरा, प्रदेश नं. ५ को दाङ जिल्लाको घोराही, कर्णाली प्रदेशको सुर्खेत जिल्लाको विरेन्द्रनगर र सुदूर पश्चिम प्रदेशको डोटी जिल्लाको सिलगढीमा निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रियसभा सदस्य निर्वाचनको लागि उम्मेदवारको मनोनयनपत्र दर्ता र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम सम्पन्न भएको आयोगद्वारा जारी विज्ञप्तीमा उल्लेख ।

प्रदेश नं. १

प्रदेश नं. १ बाट राष्ट्रियसभा सदस्य महिला समूहतर्फको रिक्त पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का इन्दिरा देवी गौतम, नेपाली काँग्रेस पार्टीका.मीना पुलामी मगर र समाजवादी पार्टीका कमला वडहीले, दलित समूहतर्फको रिक्त पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपांं) का गोपी बहादुर सार्की आछामी, नेपाली काँग्रेस पार्टीका निर बहादुर विश्वकर्मा, र समाजवादी पार्टीका ज्ञान कुमार परियारले अन्य समूहतर्फको रिक्त पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपां) का देवेन्द्र दाहाल, नेपाली काँग्रेस पार्टीका राजेन्द्र कुमार घिमिरे र समाजवादी पार्टीका भरत राज दाहालले निर्वाचन अधिकृतको कार्यालय, मोरङमा मनोनयनपत्र दर्ता गराए ।

प्रदेश नं. २

प्रदेश नं २ बाट राष्ट्रियसभा सदस्य महिला समूहतर्फको रिक्त पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तुलसा कुमारी दाहाल र नेपाली काँग्रेस पार्टीका नगिना यादवले, दलित समूहतर्फको रिक्त पदमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपां) का राधेश्याम पासवान र समाजवादी पार्टीका रामपृत पासवानले, अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक समूहतर्फको रिक्त पदमा राष्ट्रिय जनता पार्टी नेपालका शेखर कुमार सिंह र नेपाली काँग्रेस पार्टीका भोला पञ्जियारले र अन्य समूहतर्फको रिक्त पदमा राष्ट्रिय जनता पार्टी नेपालका मृगेन्द्र कुमार सिंह यादव र समाजवादी पार्टीका अनिरुद्ध कुमार सिंहले मनोनयनपत्र दर्ता गराए ।

प्रदेश नंं ३

प्रदेश नंं ३ बाट राष्ट्रियसभा सदस्य महिला समूहतर्फको रिक्त पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपां) का गंंगा कुमारी वेल्वासे, नेपाली काँग्रेस पार्टीका छली कुमारी शर्मा उपाध्याय र नेपाल मजदुर किसान पार्टीका गीता काफ्लेले, अन्य समूहतर्फको रिक्त पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपां) का वेदु राम भुषाल, नेपाली काँग्रेस पार्टीका हरिशरण श्रेष्ठ र नेपाल मजदुर किसान पार्टीका कृष्ण बहादुर तामाङ्गले निर्वाचन अधिकृतको कार्यालय, ललितपुुरमा मनोनयनपत्र दर्ता गराएका छन् ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको राष्ट्रियसभा सदस्य महिला समूहतर्फको रिक्त पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपां) का भगवती न्यौपाने र नेपाली काँग्रेस पार्टीका बिमला गौचनले, अन्य समूहतर्फको रिक्त पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपां) का नारायण काजी श्रेष्ठ, राष्ट्रिय जनमोर्चा पार्टीका शंकर प्रसाद बराल र नेपाली काँग्रेस पार्टीका सूर्य प्रसाद रेग्मीले निर्वाचन अधिकृतको कार्यालय, पोखरामा मनोनयनपत्र दर्ता गराएको आयोगले जनाएको छ ।

प्रदेश नं. ५

प्रदेश नं.५ बाट राष्ट्रियसभा सदस्य महिला समूहतर्फको रिक्त पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपां) का बिमला घिमिरे र नेपाली काँग्रेस पार्टीका गिरिजा देवी न्यौपानेले, अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक समूहतर्फको रिक्त पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपां) का जग प्रसाद शर्मा, नेपाली काँग्रेस पार्टीका मेराज अहमद हलवाई, समाजवादी पार्टीका सुनिल कुमार सिंघलले र अन्य समूहतर्फको रिक्त पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपां)का गोपाल भट्टराई, नेपाली काँग्रेस पार्टीका बाल कृष्ण पाण्डे, समाजवादी।पार्टीका कृष्ण प्रसाद अहिर र राष्ट्रिय जनमोर्चाका शिव प्रसाद पौडेलले निर्वाचन अधिकृतको कार्यालय, घोराहीमा मनोनयनपत्र दर्ता गराएका छन्

कर्णाली प्रदेश

कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्य महिला समूहतर्फको रिक्त पदमा ,नेपाली काँग्रेस पार्टीका गणेश कुमारी बस्नेत र नेपाल कम्युनिष्ट पार्टी (नेकपां) का सुमित्रा वि।सी।ले र अन्य समूहतर्फको रिक्त पदमा नेपाली काँग्रेस पार्टीका डिल्ली राम पाठक र नेपाल कम्युनिष्ट पार्टी (नेकपां) का माया प्रसाद शर्माले निर्वाचन अधिकृतको कार्यालय, सुर्खेतमा मनोनयनपत्र दर्ता गराए ।

सुदूर पश्चिम प्रदेश

सुदूर पश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्य महिला समूहतर्फको रिक्त पदमा नेपाली काँग्रेस पार्टीका तुलसी देवकोटा र नेपाल कम्युनिष्ट पार्टी (नेकपां) का शारदा देवी भट्टले र अन्य समूहतर्फको रिक्त पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपां)का तारामान स्वांर र नेपाली काँग्रेस पार्टीका प्रताप सिंह ठगुन्नाले निर्वाचन अधिकृतको कार्यालय, डोटीमा मनोनयनपत्र दर्ता गराए ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले आइतबार साँझ विज्ञप्ती जारी गर्दै आइतबार बिहान १० बजेदेखि ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम सम्पन्न भएको जनाएका छन् ।

आयोगका अनुसार सातवटा प्रदेशमा महिला समूहतर्फ ७, दलित समूहतर्फ २, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहतर्फ २ र अन्य समूहतर्फ ७ गरी जम्मा १८ रिक्त पदका लागि महिला समूहतर्फ १६, दलित समूहतर्फ ५, अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक समूहतर्फ ५ र अन्य समूहतर्फ १९ गरी कुल ४५ जनाले मनोनयनपत्र दर्ता गराएका छन् ।

मनोनयनपत्र दर्ता भएका उम्मेदवारहरूको विरोधमा उजुरी दिने कार्यक्रम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सोमबार बिहान १० बजे देखि दिनको ४ बजेसम्म रहेको आयोगले जनाएको छ ।

Imagechanal

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सामाजिक सञ्जाल नेपालमा दर्ता नभए प्रतिबन्ध लाग्ने

Next Post

जापानले माग्यो दुई हजार ३०० केयरगिभर

Next Post

जापानले माग्यो दुई हजार ३०० केयरगिभर

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.