Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जापानले माग्यो दुई हजार ३०० केयरगिभर

Milan Ghimire by Milan Ghimire
January 6, 2020
in अर्थतन्त्र, खेलकुद, जनता स्पेसल, टिभि, फिचर, शिक्षा, समाचार, सूचना प्रविधि, स्वास्थ्य
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

पुस २१,

काठमाडौं । वैदेशिक रोजगारका लागि आकर्षण गन्तव्य मानिएको जापानामा दोस्रो चरणमा नर्सिङ केयरगिभरका लागि आवेदन माग गरिएको छ। जापानले नेपालबाट नर्सिङ केयरगिभरमा योग्यता पुगेकाका लागि जापानी भाषा परीक्षा सञ्चालन गर्नका लागि मिति सार्वजनिक गरिसकेको छ। नेपालबाट जापानमा केयरगिभर लैजान जनवरी र मार्चमा गरी दुई सिफ्टमा भाषा परीक्षण सञ्चालन गर्ने गरी मिति सार्वजनिक गरिएको हो। भाषा परीक्षाको जिम्मेवारी पाएको जापान फाउन्डेसनले यो जनवरी र मार्चमा गरी दुई हजार ३०० जनाका लागि भाषा परीक्षा सञ्चालन गर्ने छ। फाउन्डेसनका अनुसार जनवरीमा आवेदन दिएकामध्येबाट एक हजार र मार्चमा आवेदन आएकामध्येबाट एक हजार ३०० जनालाई चिठ्ठाको माध्यमबाट छनोट गरी दुई सिफ्टमा भाषा परीक्षा गरिने खबर गोरखापत्र दैनिकमा छ। फाउन्डेसनले केयरगिभरमा जाने इच्छुकसँग आवेदन माग गरेको छ। भाषा परीक्षा जनवरीको ७ र ८, १४ र १६, २१ र २३, २८ र २९ तारिखका लागि तोकिएको छ। यस्तै मार्चमा भने ३, ५, ९ र ११, १२, १५ र १९ तारिखमा पनि परीक्षा सञ्चालन गरिने छ। परीक्षाका लागि आवेदन शुल्क दुई हजार पाँच सय तोकिएको छ। परीक्षाको किसिममा कम्प्युटरमा आधारित परीक्षण (सीबीटी) टाइप, मार्क टाइप, राइटिङ टाइप र स्किल टाइप तोकिएको छ। यस्तै परीक्षाको विषयमा शब्दार्थ र लेखन शैली, कन्भेक्सनल र एक्स्प्रेसन तथा रिडिङ एन्ड लिस्निङ कम्प्रिहेन्सनलाई राखिएको फाउन्डेसनले जनाएको छ। जम्मा २५० पूर्णाङ्कको यस परीक्षामा २०० अङ्क ल्याए परीक्षार्थी उत्तीर्ण हुन सक्ने छन्।

आवेदकको योग्यता आवेदन दिनका लागि

नेपाली नागरिकता, राहदानी वा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) आवश्यक पर्ने र जापानी भाषामा ए टू तह उत्तीर्ण भएको हुनुपर्ने छ। यस्तै बोलीचालीको सामान्य जापानी भाषा बोल्न र बुझ्न सक्ने न्यूनतम योग्यता हुनुपर्ने छ। यसअघि पहिलो चरणमा अक्टोबरमा भाषा परीक्षा लिइएको थियो, जसमा १३ हजार जनाले आवेदन दिएका थिए। तीमध्ये फाउन्डेसनले गोला प्रथाबाट छनोट गरेका एक हजार जनालाई मात्र भाषा र सीप परीक्षामा समावेश गरेको थियो तर त्यतिबेला लिइएको पहिलो चरणको परीक्षामा सबै असफल भएका थिए। कोरियापछि सुरक्षित र आकर्षण आम्दानी हुने देशमा जापान पर्ने दाबी श्रम मन्त्रालयले गरेको छ। पहिलो पाँच वर्षमा तीन लाख ४५ हजार १५० श्रमिक जापान लैजाने नीति लिइएको छ। दुई देशबीच भएको समझदारीअनुसार भाषा र सीप दुवैमा उत्तीर्ण भएपछि मात्र जापान जान सकिन्छ तर सीप परीक्षामा पहिलो चरणमा सहभागी भएकामध्ये एक जना पनि उत्तीण नभएपछि जापान जाने प्रक्रियामाथि नै प्रश्नचिह्न खडा भएको छ। आवेदन गरेकामध्ये गोला प्रथाबाट छान्नु उपयुक्त नभएको भन्दै आलोचना भएको छ। यस सन्दर्भमा श्रम मन्त्रालयले छनोट प्रणालीप्रति असहमति जनाइसकेको छ। ‘लक्की ड्र’ बाट श्रमिक छान्दा योग्य आवेदक नपर्न सक्ने भन्दै लक्की ड्र प्रणालीमा सुधार्नुपर्ने सुझाव मन्त्रालयको छ।

thahakhabr

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता सकियो : को को भए उम्मेदवार, विरोधमा उजुरी आज

Next Post

गोकुल गंगामा १ सय १८ धारा निर्माण सम्पन्न : ८ सय धारा धमाधम बन्दै,,

Next Post
गोकुल गंगामा १ सय १८ धारा निर्माण सम्पन्न : ८ सय धारा धमाधम बन्दै,,

गोकुल गंगामा १ सय १८ धारा निर्माण सम्पन्न : ८ सय धारा धमाधम बन्दै,,

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.