Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

उमाकुण्डमा नेपालकै दोस्रो ब्यवासायिक प्याराग्लाइडिङ संचालन : महोत्सवको हुदै

Milan Ghimire by Milan Ghimire
January 10, 2020
in अर्थतन्त्र, जनता स्पेसल, फिचर, मनोरञ्जन, विचार, समाचार, सूचना प्रविधि
0
उमाकुण्डमा नेपालकै दोस्रो ब्यवासायिक प्याराग्लाइडिङ संचालन : महोत्सवको हुदै
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

मन्थली, पौष, २५

रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ३ कुबुकास्थलीमा ब्यवासायिक प्याराग्लाइडिङ संचालन गरिने भएको छ ।


जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिकाको वडा नम्बर ३ कुबुकास्थलीको अजमडाँडाबाट प्याराग्लाइडिङ उडान २०७५ जेष्ठ २१ गते सफल भए पछि गाउँपालिका र वडा नं ३ को सक्रियतामा प्याराग्लाइडिङलाई ब्यवासायिकि करण गर्ने लागेको सोहि वडाका वडा अध्यक्ष रमेश कुमार सुनुवारले जानकारी दिनुभयो ।

वडाको अजमडाँडा भन्ने ठाउँको १९ सय ४३ मिटरको हाईटबाट १७ सय १९ मिटरको डाँडार्खक भन्ने स्थानमासम्म प्याराग्लाइडिङ उडाउन यात्रा गर्न सकिने भएकाले यसलाई निरन्तरता दिन लागिएको उहाँले बताउनुभयो । अवतरणको लागि उमयुक्त ठाउँ निर्माण गरि सकेको छ ।


प्याराग्लाईडिङ उडान गर्नको लागि गाउँपालिकाले अहिले नियमित कार्यगर्दै आएको उहाँको भनाई छ ।


वडामा प्याराग्लाईडिङ ब्यवासायिक रुपमा संचालन भएमा गाउँपालिकामा आन्तरिक तथा बह्य पर्यटको संख्यामा वृद्धि हुने छ । उमाकुण्ड गाउँपालिका प्राकृतिक रुपमा धनी मानिएको ठाउँ पनि हो ।

यहाँ विभिन्न जडिबुटी, वन्यजन्तु, पशुपंछि, चिसो हावा पानी भएको वातावरण रहेको छ । भौतिक संरचनाहरु पनि पछिल्लो समय क्रमिक विकसित रुपमा रहेका छन् । सो गाउँपालिकाका वडाहरु सोलुखुम्बु, ओखलढुङ्गा र दोलखा जिल्लाका विभिन्न बस्तिहरुसंग सिमा जोडिएका छन् । सगरमाथा जाने मुख्य पदमार्ग सोही गाउँपालिकाको वडा नं २ देउराली, बाम्तिभण्डार हुदै सोलुखुम्बुको किञ्जा प्रवेश गर्ने भएकाले पनि यहाँ प्याराग्लाइडिङ संचालनमा आए आन्तरिक तथा बह्य पर्यटक भित्रीने आंकलन गरिएको छ ।


प्याराग्लाइडिङको करिब एक घण्टा उडान गर्ने सके सोलुखुम्बुको छिरिङखर्का, भकान्जे, चौलाखर्क, ओखलढुङगाको खिजिकाती, रावदोलु र उमाकुण्डको बाम्तिभण्डार, गुम्देल, प्रितीलगाएतका बस्तिहरुको दृष्य अवलोकन गर्ने सकिने बताएको छ ।
प्याराग्लाइडिङ उडानको लागि गाउँपालिकाले पनि सक्दो पहल र योजनाहरु ल्याइरहेको गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले बताउनुभएको छ ।

प्याराग्लाइडिङ ब्यवासायिक रुपमा संचालनमा ल्याउन पालिकाले वार्षिक बजेटबाट चालुआर्थिक वर्षको बजेटबाट १० लाख रकम विनियोजन गरेको वडा नं ३ का वडा अध्यक्ष सुनुवारले जानकारी दिनुभयो । यो बजेट प्रयाप्त नभएपनि यसैबाट कामहरु अघि बढिहरेको उहाँको गुनासो छ ।
अध्यक्ष सुनुवारले पोखरापछि देशमै लोपन्मुख अवस्थामा रहेको सो उडान आफ्नो वडामा नियमित संचालन गर्न सके देशकै दोस्रो प्याराग्लाइडिङ संचानमा आउने दाबी पनि गर्नुभयो । उडान संचालन भए त्याहा स्थानीयको आर्थिक र भौतिक रुपमा विकास गर्न सहज हुने उहाँको दाबी छ ।

कुबुकास्थलीमा महोत्वसव हुदै

यसैअवसरमा पत्रकार संग कुरा गर्दै अध्यक्ष सुनुवारले आफ्नो वडाले माघको १६ गते देखी १८ गते सम्म संस्कृतिक कार्यक्रम सहित मौसमले साथ दिए मोहत्सव गर्न लागेको जानकारी दिनुभएको छ । महोत्सवको लागि वडाले तयारी गरि रहेको बताउनुभएको छ । उहाँको अनुसार महोत्सव प्याराग्लाइडिङ पर्वदनको लागि टेवा पुग्ने उद्देश्यले गर्न लागिएको हो ।

फाेटाे नमुना अभ्यास गर्दाकाे गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवार र चालककाे

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

दोरम्बमा ट्रकले ठक्कर दिदाँ ६ वर्षीय बालिकाको मृत्यु

Next Post

सिर्जनाहरु

Next Post
सिर्जनाहरु

सिर्जनाहरु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.