छोरा जन्मिए पछीआमा खुशीथिईन,बा त झन के कुरा।
सम्पती कमाउछ ल्याउछ र साथमै बस्छ बाकी के कुरा ।
वास्तविकता फरक भयो छोराको उमेर र अबस्यकता बा को हैसियत भन्दा पनि बड्यो र त झन के कुरा ।
दिन कहा उस्तै हुन्छ र बा आमाको ,
उमेर बढ्दै झन कम्जोर हुँदै गयो ,
छोरा मस्त जवानी हुँदै गयो अब त झन के कुरा ।
छोरा हुर्कियो कमाउने सोच बनायो र पर्देश छिर्यो तर
वास्तविक अर्कै भयो ।
बाकी हाम्रो पर्देशको त के कुरा ।
छोराले बाआमाले गरेको त्याग् बिस्तारै बिर्सियो र पैसा
कमाउने सुन्दर जिबन बनाउन थाल्यो अब त के कुरा ।
बाआमाको चाहाना छोराले एउटा संस्कारी बुहारी ल्यावस्
बुहारीनी ल्यायो अबत के कुरा,
बाआमाको एउटा अर्को सपना फेरि पलायो ,सानो सन्तान होस हाम्रै काखमा खेलोस,पूरा भयो के त कुरा ।
बाआमा र आफ्न सन्तानको चाहाना पूरा गर्न
छोरा बिदेशीयो अबत के कुरा ?
सन्तान बढ्दै गयो बुहारी सन्तान लिएर बजार झरिन्
पढाउनको लागि खर्च आफ्नो पन बट्यो बाकी के कुरा
छोरो पर्देसियो र बुहारी सहरिया भइन् , सानो सन्तान ,बुढेसकालका बाआमा,
सन्तान र बाआमा भेट हुन् पढाइ रोकिनुनै पथ्यो, बाकी के कुरा ।
छोरो दिन दिनै बाआमा को ख्याल गर्न छोडिसकेको थियो सहरमा आफ्नै श्रीमती र सन्तान नै प्यारो बाकी के कुरा।
खर्च दिन दिनै बड्यो , बाआमाको याद आउदैआएन छोरालाई
उसको खर्च र श्रीमतीको खानपानमा जान्थ्यौ बाकी के कुरा ।
श्रीमती खुसी देखिन्थिन, बाआमा छोरोबुहारी आउने आसमा ,
सबै पैशा बुहारीको खातामा भोकभोकै बाआमा बाकी के कुरा
गएको केही समयमै सहरमा बियर पिउन लागिन बाकी के कुरा।
सानो संसार निकै खुशी थियो छोरा गाउमा बाआमा छोराबुहारीको बाटो हेरी रहेका थिए बाकी के कुरा ।
आयनन छोराबुहारी सायद सहरमा खुशी भएका थिए ,
माया मारे बाआमाले सन्तानलाई पर्खीए बाकी के कुरा।
छोराले कहिले याद गरेन मेरो गाउमा पनि कोहि छ कि म फर्किनु पर्छ भनेर ?
त्यतिकैमा बा बिते बाकि के कुरा ।
छोराले बल्ल थाहा पयो बुहारि हतारमा गाउँ आईन र
संस्कार अनुशार काम सकेर फर्किन बाकी के कुरा
भन्छिन बा बितेर दुख लाग्यो बुढा तर भन्दिन हामी घर जान्छौ भनेर,
किन कि सहर सहर नै थियो बाकी के कुरा,,
बाकी भयकी आमासंग कुनै चिन्ता नै भएन यादको त कुरा नगरम
श्रीमति पैसा पैसा भन्थिन बाकी के कुरा ।
पैसा कमाउने र बाआमाको सपना बिर्सियो छोराले मात्रै
छोरा र श्रीमतीको लागि बाच्यो प्रदेशमा बाकी के कुरा
सकेन आबस्यता पूरा गर्न सहरमा भएको श्रीमति छोराको उसले सोच बनाउयो घर फर्किने बाकी के कुरा ।
छोरा घर आउछु भनेको सुन्दा खुशी थिइनन बुहारी किन कि आफ्नो अरु सङै नाता थियो बाकी के कुरा
उस्ले कमाएको पैसा निकै थियो खर्च हुस्किर बियर र सपिङमा भएको रहेछ ऋण उस्तै रैछ बाकी के कुरा ।
आउन आधा बाटोमा आउदै थियो अचानक श्रीमति सम्पर्क बिहिन भैइन
खबर पायो बाकी के कुरा ।
घर आयो सन्तानलाई अंगालेर भन्यो आमा खोइ बाबू
उस्लाई के थाहा थियो र नाबालक बाकी के कुरा ।
फर्कियो जन्म भुमी यक्लिएकी आमाको ओठको हासो देखेर
बुहारी बेपत्ता भैइ नि आमा बाकी के कुरा ।
आमाले भनिन त संग छोरा छ नि बाबु म संग त
तेरो बाले छोडेर गए देखि कोहि छैन बाकी के कुरा ।
फेरि आमाले भनिन हामी त जन्मदा यति खुसी थियौ तर
त प्रदेसिदा एक्लिएका थियौ हामी बाकी के
नाति उर्काउदा उर्काउदै तेरो जीवन बित्ने छ र
तैले उस्को चाहाना पूरा गर्न नस्लास बाकी के कुरा ।
दुख लग्दैन रैछ सन्तानको लागि जे जे गुमाउदा पनि
म तलाई मेरो आयु थपेर जान मन छ बाकी के कुरा ।
मेरो त कोहि छैन तेरो बा स्वर्ग गए देखि मलाई दिक्क लाग्छ
तेरो लालन पालनमा सकियो सबै बाकी के कुरा।
अब सायद बाच्दिन होला तेरो साथमा नाति छ खुसी हुनु
तर नाति बुढेसकालमा बा नछाडेस बाकी के कुरा
वास्तविक यो भयन आमा पनि बितिन नाति पनि सहरिया भयो,। छोरालाई याद आयो बाकी के कुरा