माघ, ०६
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा केशव प्रसाद घिमिरे विजयी हुनुभएको छ । आइतबार मन्थलीमा भएको निर्वाचनमा घिमिरे ९ मतले विजयी हुनुभएको हो । घिमिरेले कुल ४ सय ८६ मत प्राप्त गर्दा उहाँका प्रतिस्प्रधी जगन्नाथ दाहालले कुल ४ सय ७७ मत प्राप्त गनुभएको थियो । निकै प्रतिस्पर्धात्मक रुपमा भएको मत परिणामको गणनामा घिमिरेले जित हाँसील गर्न सफल हुनुभएको हो ।
त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा नवीन कुमार थापा मगर ५ सय ५९ मत ल्याउदै विजयी हुनुभएको छ । त्यस्तै वाणिज्य संघको उपाध्यक्षमा दामोदर थापा ५ सय ४४ मत, उद्योग उपाध्यक्षमा भिमसेश थापा ५ सय ८ मत, महासचिवमा नबराज ढुगेंल ५ सय ६३ मत, सचिवमा सुरेश उदाश ५ सय ७७ मत, कोषअध्यक्षमा पवन कुमार कठेत ५ सय ७२ मत , महिला सदस्यमा जया सुवेदी ४ सय ९६ मत ल्यार विजयी हुनुभएको हो । त्यस्तै आजिवन सदस्यमा आकाश रिजाल ५ सय १२ मत ल्यायर विजयी हुनुभएको छ ।
संघको खुल्ला सदस्यहरुमा किश्वर पौडेल ४ सय १४ मत, कुमार श्रेष्ठ ५ सय १९ मत, यज्ञ प्रसाद सुवेदी ४ सय ६ मत, राजु थापा ५ सय १४ मत ल्यार विजयी हुनुभएको छ । त्यसैगरि सुमिका श्रेष्ठ ५ सय ५ मत ल्यायर विजयी हुनुभएको छ ।

अध्यक्ष पदका लागि संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष केशव प्रसाद घिमिरे र निवर्तमान महासचिब जगन्नाथ दाहाल छुटा छुट्टै नाम दर्ता गराउनुभएको थियो । कुल १ हजार ९९ जना मतदाता रहेकोमा जम्मा ९ सय ९२ मत खसेको थियो । संघको १४ पदको लागि निर्वाचन भएको थियो ।
निर्वाचनमा १२ जना जगन्नाथ दाहाल पक्षका विजयी भएका छन् भने अध्यक्षसहित एक जना खुल्ला सदस्यमा केशव घिमिरेसमुुहबाट पर्न सफल हुनुभएको छ ।