Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

उमा कुण्डकी उपप्रमुखको पहलमा र चौलागाइको आर्थिक सहयोगमा उमाकुण्डका सबै विद्यार्थीले न्यानो कपडा पाए

Milan Ghimire by Milan Ghimire
January 23, 2020
in जनता स्पेसल, टिभि, समाचार
0
उमा कुण्डकी उपप्रमुखको पहलमा र चौलागाइको आर्थिक सहयोगमा उमाकुण्डका सबै विद्यार्थीले न्यानो कपडा पाए
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

माघ, ०९,

रामेछाप । यति बेला उमा कुण्ड गाउँपालिका भित्रका सम्पूर्ण विद्यार्थीको खुसीको सिमा छैन् । रामेछापको उमाकुण्ड गाउँपालिका भित्रका विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुले जाडोमा न्यानो कपडा पाएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उमा कुण्ड गाउँपालिकाको सबैभन्दा दुर्गम स्थान गुम्देलमा अवस्थित श्री महालङ्गुर उच्च मा .वि कक्षा ७ मा अध्ययनरत छात्र प्रविन बि।क भन्छन् । अबत म सधै स्कूल आउछु । उनको पारिवरीक स्थिति दुई छाक खाना र एक आङ लगाउन समस्या भने त्यती गाह्रो भएका परिवारका हैनन् तर पढ्दै कसैबाट केहि पाउने र त्यो बालपनको केहि पाउदाँको खुसी उनीमा ती समाज सेवी भरत चौलागाइँको आर्थिक सहयोग र आफ्नै वडा वाट निर्वाचिन उपप्रमुख उर्मिला कार्कीको सक्रियतामा एक कार्यक्रमका बिच त्यो एक जोर न्यानो कपडा पाउदाँ आफु सधै विद्यालय आउने वातावरण भएकोमा खुसी हुदै भने । त्यस्तै उनीसंगै खेल्दै हाँस्दै गरेका धेरैले बोले । अब त हामी सधै स्कुल आउछौ । राम्रो पढछौ । ठुलो मान्छे बन्छौ ।

उमाकुण्डका सबै वडाका विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण

रामेछाप जिल्लाको उमा कुण्ड गाउँपालिका भित्रका सातै वटा वडाहरुका प्रवि, उच्च माविहरुमा अध्ययनरत कक्षा सिसुदेखी १२ कक्षामसम्मका विद्यार्थीहरुलाई डे्स/न्यानो कपडा वितरण गरिएको हो । गाउँपालिकाकी उपप्रमुख उर्मिला कार्की बस्नेतको पहलमा समाज सेवी भरत चौलागाइँको आर्थिक तथा प्रविधिक सहयोगमा शैक्षिक सामाग्री विद्यार्थीहरुलाई हस्तान्तरण गरिएको हो । पालिकाको विभिन्न वडामा रहेको आधारभुत तथा उमा विमा अध्ययनरत विद्यार्थीहरलाई समाग्री दिएको हो । शैक्षिक सामाग्री वितरण कार्यक्रमा बोल्दै समाज सेवी भरत चौलागाइँ भन्हुन्छ “मैले कुनै ब्यक्तिगत स्वर्थ र राजनीतिक पर्चारको लागि समाग्री दिएको हैन ।” उहाँले रामेछाप जिल्लाका सम्पूर्ण गाउँपालिकाका विभिन्न कारण गरिबी भएका कारण त्यो गरिबीमा सानो राहात होस् र विद्यालयको डे्समा पनि एक रुपता होस् भन्ने उद्देश्यले समाग्री वितरण गरेको धारण राख्नुभयो । विद्यार्थीहरु गरिबीका कारणले शिक्षा लिनबाट बञ्चिात बनाउन नहुने उहाँको भनाई रहेको छ ।

के भन्छिन उप प्रमुख कार्की

यता आफ्नो जीवनको सानो समय खार्चीदाँ आफ्नो पालिकाका विभिन्न स्थानमा अध्ययनरत विद्यार्थीहरुले न्यानो कपडा पाउने र उनीहरुको शिक्षामा टेवा पुग्छ भने आफु किन नगर्ने यो त, मेरो कर्तब्य हो । नी । मैले आफै गर्नु पर्ने काम मेरो पहलमा हुन्छ, भने म सधै तयार छु, गाउँपालिकाकी उपप्रमुख उर्मिला कार्की बस्नेत बताउनु हुन्छ । उहाँले आफ्नो गाउँपालिकाका सम्पूर्ण विद्यार्थीहरुले गुण्स्तरीय शिक्षा पाउनु पर्ने वातावरण तयार गरिरहेको दाबी समेत गर्नुभएको छ । आफ्नो पहलमा यो वर्ष पालिकाका ७ वटै वडाका २८ वटा आधारभुत र उच्च माविका विद्यार्थीले शैक्षिक समाग्री , शिक्षाकहरुलाई झोला, कम्पुयुटर, खेल खुदका समाग्री, लगायत पाएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा विभिन्न योजनासहित विकास र गुणस्तरिय शिक्षामा जोड्दिएको बताउनुहुन्छ ।

काहाँ काहाँ दियो समाग्री

वडा नं १ गुम्देलको श्री महालङ्गर उच्च मावि र बाल्दीङ् आधारभुत विद्यालयमा एक कार्यक्रमका बिच समाग्री दिएको हो ।
वडा नं २ बाम्तिभण्डारको शिद्धेश्वर उच्च मावि र दोखरर्पा आधारभुत विद्यालयमा कम्पुयुटर सेट सहित शिक्षक झोला, ड्ेस हस्तान्तण गरियो ।
वडा नं ३ कुबुकाँस्थलीमा सरश्वती मावि कुबुकाँस्थली, जनता प्रा.वि, हिम गंगा प्रा.वि, भगवती निमावी, भण्डेश्वरी आधारभुत विद्यालयमा समाग्री दिएको कुबुकाँस्थलीबाट नेपाली कांग्रेसका नेता हिक्मत सुनुवारले जानकारी दिनुभयो ।
वडा नं ४ प्रितीमा चण्डेश्वरी मा.वि प्रिती ४, काली देवी आधारभुत विद्यालय हुँगा ४, देवी श्वर आधारभुत विद्यालय प्रिती ४, सेती देवी आधारभुत विद्यालय, प्रगतिशिल आधारभुत विद्यालय प्रिती ४, ताहान्शली आधारभुत विद्यालय प्रिती, अहिरा वती अधारभुन विद्यालय प्रिती ४, मैदाने आधारभुत विद्यालय प्रिती ४ मा सामाग्री वितरण गरिएको उमप्रमखु कार्कीले जानकारी दिनुभयो ।
वडा नं ५ प्रितीका हिम गंगा आधारभुत विद्यालय सिसाखाने ५, मानेलहरी प्रिती अधारभुत प्रिती ५, जनजागृती आधारभुत विद्यालय खोलारी खोला ५, कालिदेवी आधारभुत विद्यालय प्रिती ५,सरश्वती मा.वि प्रिती ५ मा समाग्री दिएको उहाँले बताउनुुभयो ।

वडा नं ६ गुप्तेश्वरको कैलेश्वर मा।वि गुप्तेश्वर, भुमेश्वर निमावी गुप्तेश्वर, कालिका देबी आधारभुत विद्यालय गुप्तेश्वर, सिमल गैरा आधारभुत विद्यालय गुप्तेश्रमा पनि समाग्री वितरण गरिएको कार्कीले जानकारी दिनुभयो ।
वडा नं ७ भुजिको कस्थ्य मा.वी भुजी, टोङ्केप निमावी भुजी, सुइटे मा.वि भुजी, भिमेश्वर प्र.वि भुजीमा समाग्री हस्तान्तरण गरिएको शिक्षक निर्माल तृपाठीले जानकारी दिनुभयो ।

फाेटाेहरू हेर्नुस् वितरणकाे

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

उर्जा क्षेत्र समृद्धिको आधार भएकाले ठूला विद्युत आयोजनामा सरकारको ध्यान : उर्जामन्त्री पुनु ,,रामेछाप र काभ्रेका धेरै स्थान डुुबान्मा ,,, काभ्रेका मात्रै करिब १ हजार जनसंख्या विस्थापित

Next Post

राष्ट्रियसभा निर्वाचनमा नेकपाको एकलौटी विजय, कहाँ कसले जिते ?

Next Post

राष्ट्रियसभा निर्वाचनमा नेकपाको एकलौटी विजय, कहाँ कसले जिते ?

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...