Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

राष्ट्रियसभा निर्वाचनमा नेकपाको एकलौटी विजय, कहाँ कसले जिते ?

Milan Ghimire by Milan Ghimire
January 24, 2020
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१० माघ,

रामेछाप । राष्ट्रियसभा सदस्यको विहिबार भएको निर्वाचनमा स्थानीय तहतर्फ ९९.१९ प्रतिशत मतदान भएको छ । निर्वाचनका लागि मुलुकका सातै प्रदेशका उच्च अदालत रहेका जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो ।

राष्ट्रियसभा सदस्यको निर्वाचनमा सबै प्रदेशमा नेकपा गठबन्धन विजयी भएको छ। बिहीबार १८ पदका लागि भएको निर्वाचनमा नेकपाका १६ र राजपाका २ उम्मेदवार निर्वाचित भएका हुन्। प्रदेश २ मा भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपां)ं बीच गठबन्धन भएको थियो।

सातै प्रदेशबाट प्रतिनिधित्व हुने महिला समूहतर्फ ७, दलिततर्फ २, अपांगता भएका व्यक्ति वा अल्पसंख्यकतर्फ २ र अन्यतर्फ ७ गरी १८ रिक्त पदमा मतादान भएको हो। निर्वाचनमा विपक्षी कांग्रेसले ७ वटै सिट गुमाएको छ।

परिणाम अनुसार प्रदेश नं १ मा नेकपा विजयी भएको छ । यहाँको तीन पदका लागि भएकोे निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तीन उम्मेदवार विजयी भएका हुन् । यसरी विजयी हुनेमा महिलातर्फ इन्दिरा गौतमले ६ हजार ४२६, दलिततर्फ गोपी आछामीले ६ हजार ३३० र अन्यतर्फ देवेन्द्र दाहालले ६ हजार २३४ मतभार ल्याई विजयी भएको जिल्ला निर्वाचन कार्यालय मोरङका सूचना अधिकारी तीर्थ अधिकारीले जानकारी दिनुुभयो ।


उक्त निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट महिलामा मीना पुलामीले २ हजार ६२२, दलितमा नीरबहादुर विश्वकर्माले २ हजार ७१८ र अन्यमा राजेन्द्र घिमिरेले २ हजार ७६६ मतभार प्राप्त गरेका थिए । यसैगरी सङ्घीय समाजवादी पार्टीकातर्फबाट महिला कमला बढहीले २६४, दलितमा ज्ञानकुमार परियारले २६४ र अन्यमा भरत दाहालले २६४ मतभारत प्राप्त गरे।

प्रदेशसभा सदस्य ९३ मध्ये ९२ तथा स्थानीय निकयका २७४ मध्ये २७२ सदस्यले मतदान गरेको निर्वाचन अधिकृत अधिकारीले बताउनुुभयो । प्रदेशसभा सदस्यले ९९ प्रतिशत तथा स्थानीय निकायतर्फ ९८ प्रतिशतले मतदान गरेका थिए ।

सुदूरपश्चिम प्रदेशबाट स्वाँर र भट्ट विजयी

राष्ट्रियसभाको अन्य समूह र महिला सदस्यमा क्रमशः सुदूरपश्चिम प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तारामान स्वाँर र शारदा भट्ट निर्वाचित भएका छन् । स्वाँरले ३ हजार ७२० मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रताव ठगुन्नाले २ हजार ८४ मत प्राप्त गरे ।

राष्ट्रियसभाको महिला सदस्यमा सुदूरपश्चिम प्रदेशबाट नेकपाका शारदा भट्ट विजयी भएकी छिन् । उनले ३ हजार ७३८ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका तुलसी देवकोटाले १ हजार ८५४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिए ।

कर्णालीमा नेकपाका आचार्य र बिसी विजयी

राष्ट्रियसभा सदस्य पदका लागि विहिबार भएको निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मायाप्रसाद आचार्य र सुमित्रा बिसी विजयी भएका छन् ।

आचार्यले तीन हजार ६१८ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी डिल्लीराम पाठकले एक हजार २६ मत प्राप्त गरेको निर्वाचन अधिकृत डा राजेन्द्रकुमार आचार्यले जानकारी दिए । त्यसैगरी बिसीले तीन हजार ६८४ मत प्राप्त गरेकी छिन् भने उनका निकटतम प्रतिद्वन्द्वी गणेशकुमारी बस्नेतले एक हजार २६ मत प्राप्त गरिन् ।

प्रदेश २ बाट मृगेन्द्रकुमार सिंह निर्वाचित

राष्ट्रियसभाको खुल्लातर्फको सदस्यमा प्रदेश नं २ बाट नेकपा र राष्ट्रिय जनता पार्टीका संयुक्त उम्मेदवार मृगेन्द्रकुमार सिंह निर्वाचित भएका छन् ।

निर्वाचन कार्यालयका अनुसार पाँच हजार ४०० मत प्राप्त गरी उनी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी अनिरूद्धकुमार सिंहले चार हजार ५१२ मत प्राप्त गरेका छन् । सिंह सङ्घीय समाजवादी पार्टी र नेपाली काँग्रेसका संयुक्त उम्मेदवार हुन् । यस्तै राष्ट्रियसभाको महिला सदस्यमा प्रदेश नं २ बाट नेकपा र राष्ट्रिय जनता पार्टीका संयुक्त उम्मेदवार तुलसाकुमारी दाहाल निर्वाचित भइन् ।

निर्वाचन कार्यालयका अनुसार पाँच हजार २०८ मत प्राप्त गरी उनी निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नगिना यादवले चार हजार ७४० मत प्राप्त गरिन् । यादव नेपाली काँग्रेस र सङ्घीय समाजवादी पार्टीका संयुक्त उम्मेदवार हुन् ।

महिलामा प्रदेश ५ बाट घिमिरे निर्वाचित

राष्ट्रियसभा सदस्यको प्रदेश नं ५ को महिला सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की विमला घिमिरे निर्वाचित भइन् ।

उनी पाँच हजार ७२८ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गिरिजादेवी न्यौपानेले दुई हजार १०० मत ल्याइन् ।

गण्डकी प्रदेशबाट श्रेष्ठ र न्यौपाने विजयी

राष्ट्रियसभाको अन्य समूह र महिला सदस्यमा क्रमशः गण्डकी प्रदेशबाट नेकपाका नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने निर्वाचित भएका छन् । नेकपा प्रवक्ता श्रेष्ठले तीन हजार ४६२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सूर्यप्रसाद रेग्मीले दुई हजार २४४ मत प्राप्त गरेका थिए ।

यसैगरी न्यौपाने तीन हजार ३६६ मत प्राप्त गरी विजयी भएकी हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विमला गौचनले दुई हजार ३४० मत प्राप्त गरिन् । अन्य समूहतर्फ राष्ट्रिय जनमोर्चाका शङ्कर बरालले १९८ मत प्राप्त गरेको निर्वाचन कार्यालयका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिए ।

बागमतीमा बेदुराम

राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बेदुराम भुसाल र महिलामा गंगाकुमारी बेलबासे निर्वाचित भएका छन्। भुसाल ६ हजार ८ सय १० मत ल्याएर विजयी भए भने बेलबासेले ६ हजार ८ सय २८ मत ल्याएर विजयी भएकी छिन्। रासस

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

उमा कुण्डकी उपप्रमुखको पहलमा र चौलागाइको आर्थिक सहयोगमा उमाकुण्डका सबै विद्यार्थीले न्यानो कपडा पाए

Next Post

मन्थलीमा एकाबिहानै स्काभेटरमा आगोलागी

Next Post
मन्थलीमा एकाबिहानै स्काभेटरमा आगोलागी

मन्थलीमा एकाबिहानै स्काभेटरमा आगोलागी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.