Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेविसंघमा दुई उपसभापति र पाँच महामन्त्री चयन

Milan Ghimire by Milan Ghimire
February 3, 2020
in जनता स्पेसल, फिचर, समाचार
0
नेविसंघमा दुई उपसभापति र पाँच महामन्त्री चयन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१९ माघ,

रामेछाप । नेपाली कांग्रेसले नेविसंघको तदर्थ समितिमा सात पदाधिकारी थपेको छ । राजीब ढुंगानाको अध्यक्षतामा बनेको समितिमा आइतबार दुई उपसभापति र पाँच महामन्त्री थपेको हो ।

उपसभापतिमा तुलसा पन्त र मुक्तिराज पौडेल चयन भएका छन् । महामन्त्रीमा दिपक भट्टराई, उर्मिला थपलिया, प्रभातकुमार दाहाल, बलदेव तिमल्सिना र युवराज पाण्डे चयन भएका छन् ।

काँग्रेसले बिहीबार एक विज्ञप्तिमार्फत अध्यक्षमा ढुंगानासहित दुई महामन्त्रीपनि चयन गरेको थियो । ढुंगानासँगै महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवर चयन भएका थिए ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको २०७५ फाल्गुण १ गतेको बैठकको निर्णयअनुसार, नेपाली कांग्रेसको विधान २०१७ संशोधन सहितको धारा ४२ ,१०,च बमोजिम रिक्त हुन गएको नेपाली कांग्रेसको भ्रातृ संस्था “नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति” को गठन पार्टी सभापति शेरबहादुर देउवाद्वारा देहाय बमोजिम गरेको नेपाली कांग्रेसका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।

निवर्तमान अध्यक्ष नैनसिंह महरले राजीनामा दिएपछि लामो समय नेविसंघ नेतृत्वविहीन भएको थियो । नेविसंघमा लामो समयदेखि ३२ वर्षे उमेर हद लगाउने कि नलगाउने भनेर विवाद थियो ।

२०७५ असोज २१ गते बसेको काँग्रेस केन्द्रीय समिति बैठकले बहुमतका आधारमा ३२ वर्षे उमेरहदसहित नेविसंघको विधान पारित गरेको थियो ।

विधान पारित भइसकेर पनि तदर्थ समिति बनाउँदा ३२ माथिबाटै आउनुपर्ने केही नेताको अडान कायमै थियो ।

केही नेताहरुले भने ३२ वर्ष मुनिबाट तदर्थ समिति आउनुपर्ने अडान राखेतापनि पनि त्यसलाई लत्याउँदैं नेविसंघको तदर्थ समिति अध्यक्षमा पाँच दशक पुग्न लागेका ढुंगाना चयन भएका छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापको मन्थलीमा दाजुभाई काण्ड : ज्यान मार्ने सम्माको अवस्था,

Next Post

११ बुँदे प्रस्ताव पारित गदै नेकपाको केन्द्रीय समिति बैठक सम्पन्न

Next Post
११ बुँदे प्रस्ताव पारित गदै नेकपाको केन्द्रीय समिति बैठक सम्पन्न

११ बुँदे प्रस्ताव पारित गदै नेकपाको केन्द्रीय समिति बैठक सम्पन्न

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.