Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापको मन्थलीमा दाजुभाई काण्ड : ज्यान मार्ने सम्माको अवस्था,

Milan Ghimire by Milan Ghimire
February 3, 2020
in जनता स्पेसल, फिचर, समाचार
0
रामेछापको मन्थलीमा दाजुभाई काण्ड : ज्यान मार्ने सम्माको अवस्था,
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

माघ, १९

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं १० चनखुमा एकै घरका दुई दाजुभाई बिच फिल्मी शैलिमा झगडा भएको छ । झगडाका कारण उनीहरुलाई चोट लागेपछि प्रहरी र स्थानीयको पहलमा एम्बुलेन्स मार्फत दुबै दाजुभाईसहित उनीहरुको परिवारका सदस्यहरुलाई एकै एम्बुलेन्समार्फत सदरमुकाम मन्थलीस्थित रामेछाप सामुदायिक अस्पतालमा भर्ना गरिएको छ । उनीहरुको अवस्था समान्य देखिन्छ । गत शुक्रबार उनीहरुबिच जग्गाको विषयलाइ लिएर झगडा भएको पीडित दाजु चन्द्र बहादुर बुढाथोकीले बताउनुभयो । आफुहरुबिच झगडा भएको भाईले स्वकार गर्नुभएको छ । ६० वर्षीय बुढाथोकीले आफ्नै भाई गण बुढाथोकीले जग्गाको विषयमा हात हाला हाल भएको बताउनु भयो । झगडा बाट दाजुकी ४२ वर्षीय श्रीमती पार्वती बुढाथोकी र २१ वर्षीय छोरा सुनिल बुढाथोकी घाईत भएका छन् । त्यस्तै भाई गण बुढाथोकीकी ४६ वर्षीय श्रीमती लक्ष्मी बुढाथोकी र १६ वर्षीय छोरा पनि घाइते भएका छन् । उनीहरु छ जनाकै सामुदायिक अस्पतालमा उपचारत रहेका छन् ।

यस्तो थियो घटनाको प्रक्रिया

एकैबाउका दुई छोरा जेठा चन्द्र बुढाथोकी र कान्छा गण बुढाथोकी उनीहरु दबै जना विवाहित । उनीहरु विगत १५ वर्ष अघिदेखी छुट्छा छुट्टै घरमा बस्दै आएका छन् । उनीहरुको बुबाको मृत्यु भइ सक्यो । बाबुको पैतृक सम्पती बबुकै नाममा ४० रोपनीजग्गा रहेको छ । तर अंशवण्ड  गरिएको छैन् । दुबै दाजुभाई आ – आफ्नै जीविको पार्जन गर्ने क्रममा दाजुले आफै ४३ सालमा आफ्नै लगानिमा ८ रोपनी जग्गा किनेको बताउछन् दाजु चन्द्र बुढाथोकी । आज सम्म भाग बण्डा नगरिकन दुबै जनाले भोगचनल गर्दै आएको जग्गा विविध तरिकाले समय आएपछि भागबण्डा गर्ने बताएको भएपनि भाईले एक्कासी आफुले किनेको ८ रोपनी जग्गा भित्र भाइ गणले भुकम्पको घर बनाउन घरको डिपिसि हालेकाले त्यो जग्गामा घर नबना भन्दा भाइले आफुलाई हातपात गरेको दाजुले बताउनुभयो । विभिन्न समयमा भाइले जग्गाको विषयलाई लियर जिल्ला प्रशासन, जिल्ला अदालतमा मुद्धा हालेको पनि बताउनुभयो । जिल्ला अद्धलतको मद्धा नजितेपछि भाईले विभिन्न कारण देखाउदै सर्वोचअदालतमा मुद्धा हालेको र मुद्धा विचारधिनमा रहेकाले घर नबना मुद्धामा जेफैसला हुन्छ अनि त्यसपछि घर बनाउन आफुले सुझाव दिएको उहाँले बताउनुभयो । तर भाइले आफुलाई त जे जे गर्छस् गर सर्वोच भन्दामाथी गएपनि जा मुद्धा चल्दै गर्छ म काम गर्दै गर्छु भनेर आफुलाई हातपात गरेको चन्द्र बुढाथोकीले बताउनुभयो ।

भाइ यस्तो भन्छन् ।

गण बुढाथोकी तथा भाइ आफुलाई  सर्वोचमा मुद्धा चलिरहेको छ भन्ने कुरानै थाहा नभएको बताउनुहुन्छ । उहाँले आफु दाजुबाट ठुलो हेपाहामा परेको बताउदै राज्यलाई आफुले बाँच्न पाउनुपर्ने अधिकारको रक्षा गरिदिन माग गर्नुभयो । १५ वर्षदेखी आफुले राम्रोसंग दाजुसंग आफुले पाउनुपर्ने जग्गा भागवण्डा गरिपाउँ भनेर भन्दा विभिन्न कारण देखाउदै नदिएको बताउदै अहिले सासु, बुहारी श्रीमतीलगायतको नाममा जग्गा राखेर आफुलाई हेपेको र आफ्नो अधिकारबाट बञ्चित गरेको बताउनुहुन्छ । भुकम्पको राहातको घरबनाउने जग्गा नभएर आफुसुकुम्बासी हुने अवस्था आउदा बाध्य भएर घरबनाउनको लागि डिपिसिको काम गरि आफ्नै घरमा खाना खान लागेको समयमा दाजुसहित उहाँको परिवार घरभित्रै आएर कोदालो, लगायतका औजार प्रयोग गरि आफुलाई मरासन्य हुने गरि पिटेको गणले बताउनुभयो । गणको ६ जनाको परिवार रहेको छ । उहाँ आफुले पाउनुपर्ने जग्गा कुनै पनि हालतमा पाउनुपर्ने दाबी गर्दै आउनुभएको छ ।

दाजु यस्तो भन्छन् ।

चन्द्र बुढाथोकी अर्थात दाजु आफुले भाइले पाउने वाबुको अंशको २० रोपनी जग्गा दिन तयार रहेको तर सर्वोचमा मुद्धा विचारधिन अवस्थामा रहेकाले मुद्धामा जे फैसला हुन्छ त्यो निर्णयनै अन्तिम हुने बताउनु हुन्छ । डिपिसि आफ्नो जग्गामा भाइले जबर्र जस्ती घरबनाउन लागेकाले नबना भन्दा भाइले आवेशमा आएर आफुलाई टाउकोमा चोट पर्ने गरि पिटेको र श्रीमतीलाई लातैलातले हानेको बताउनु हुन्छ । छोरा सुनिलले आफुले यस्तो किन गरेको भन्दा आफलाई काकासबै जना आएर पिटेको सुनाउनुहुन्छ । आफुहरुलाइ विभिन्न समयमा ज्यान मार्ने सम्मको धम्मकी आएकाले वडामा र प्रहरी चौकीमा गत माघ १६ गते ज्यूधनको सुरक्षा गरिपाउँ भनी लिखित निवेदन हालेको जानकारी दिनुभयो ।

वडा अध्यक्ष घटनाबारे अञ्जान

यता सोहि वडाका वडा अध्यक्ष भरत बोहोरले आफुलाइ घटनाबारे त्यस्तो पुष्टी नभएको जानकारी दिनुभयो । उहाँले गत माघ १६ गते  चन्द्र बुढाथोकीले एक निवेदन दिएको तर घटनाबारे वस्तृतमा आफुलाई जानकारी नभएको जाकारी दिनुभयो ।

प्रहरी चौकी फुलासी यस्तो भन्छ ।

यता घटनाबारे प्रहरी चौकी पनि अन्जान जस्तै भएको प्रक्रिया दिन्छ । केहि दिन अघि चन्द्र बहादुर बुढाथोकीले लिखित निवेदन हालेको तर घटनाबारे स्ष्ट नभएको फुलासी प्रहरी चौकीले जनाएको छ । निवेदनमा जग्गा सम्बन्धी विषय समावेश गरको बताउदै चौकीले जग्गा सम्बन्धी निवेदनको काम कानुनी रुपमा गर्ने नमिल्ने भएकाले जिल्लामा सम्बन्धीत ठाउँमा जानको लागी सुझाएको जनाएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

करेन्ट लागेर खुर्काेटमा एकको मृत्यु

Next Post

नेविसंघमा दुई उपसभापति र पाँच महामन्त्री चयन

Next Post
नेविसंघमा दुई उपसभापति र पाँच महामन्त्री चयन

नेविसंघमा दुई उपसभापति र पाँच महामन्त्री चयन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...