Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जिल्ला अदालत सिन्धुलीमा ७ महिनामा ३३६ वटा मुद्धा दर्ता, सम्वन्ध विच्छेदको मात्र १०३

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in समाचार
0
जिल्ला अदालत सिन्धुलीमा ७ महिनामा ३३६ वटा मुद्धा दर्ता, सम्वन्ध विच्छेदको मात्र १०३
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सम्झना श्रेष्ठ, फाल्गुन ८ सिन्धुली ।

सिन्धुली जिल्ला अदालतमा आलु आर्थिक वर्षमा ३३६ वटा मुद्धा दर्ता भएका छन् । चालु आर्थिक वर्ष साउन देखि माघ मसान्त सम्ममा ३३६ मुद्धा दर्ता भएका हुन् । यसैगरि अघिल्लो आर्थिक वर्षको २४७ मुद्धा जीम्मेवारी सरिआएको बताइएको छ । अघिल्लो आर्थिक वर्षको र चालु आर्थिक वर्षको गरि जम्मा ५८३ मुद्धामा २६३ मुद्धा फच्र्याेट भएको अदालत स्रोतले जनाएको छ । चालु आर्थिक वर्षको यस अवधी (साउन देखि माघ मसान्त सम्म) मा अंश मुद्धा ३२ वटा दर्ता भएको छन् । यसैगरि नाताकायम १ वटा, जवर्जस्ति करणी १३ वटा मुद्धा, जसमा हाडनाता करणी २ वटा मुद्धा दर्ता भएको अदालतका नायव सुव्वा झवीन्द्र गैरेले जानकारी दिनुभयो । यसैगरि यस अवधिमा जवर्जस्ति करणी उद्योगमा ६ वटा, वालयौन दुराचार १, बालविबाह १ वटा मुद्धा दर्ता भएका छन् । सम्बन्ध विच्छेदका मुद्धा चालु आर्थिक वर्षको माघ मसान्त सम्ममा सम्बन्ध–विच्छेदका १०३ वटा मुद्धा दर्ता भएका छन् । जसमा महिलाले ६५ तथा पुरुषले ३८ वटा मुद्धा दर्ता गरेको पाइएको छ । यस अवधिमा अघिल्लो आर्थिक वर्षको जीम्मेवारी सरि आएको ४४ वटा र यस आर्थिक वर्षको १०३ वटा सम्वन्ध विच्छेदको मुद्धा दर्ता भएकोमा ७५ वटा मुद्धा फच्र्याेट भएको बताइएको छ । यसैगरि आर्थिक वर्ष ०७५÷०७६ मा सम्वन्ध विच्छेदका लागी ८० जना महिलाले मुद्र्धा दर्ता गरेका थिए भने चालु आर्थिक वर्षको माघ मसान्त सम्ममा ६५ वटा मुद्धा गरि १४५ मुद्धा दर्ता भएका छन् । विशेष गरि अधिकांश सम्वन्ध विच्छेदका मुद्धामा मिलापत्र गराइएको पाइएको छ । यो संख्या अघिल्लो आर्थिक वर्षमा ४८ रहेको थियो । नयाँ मूलुकी संहिता लागु भएसंगै पुरुषद्धारा सम्वन्ध विच्छेदका मुद्धा ०७५ साल भदौ १ गतेबाट नयाँ मूलुकी संहिता लागु भएसंगै जिल्ला अदालत सिन्धुलीमा पनि पुरुषहरुको सम्वन्ध विच्छेदको संख्या वढेको छ । विगतमा पुरुषहरु सिधै सम्वन्ध विच्छेदका लागि अदालत पुग्न सक्ने व्यवस्था नभएपनि नयां व्यवस्थामा त्यसलाई राखिएपछि पुरुषहरुको निवेदन वढेको हो । ०७५ साल भदौ १ गतेबाट नयाँ मूलुकी संहिता लागु भएकोमा अहिले सम्म १७ महिनामा ७७ मुद्धा दर्ता भएका छन् ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

रामेछापको गुम्देलमा शिक्षकको मृत्यु

Next Post

रामेछापमा कर कार्यालय बस्नु रामेछापको विकास हुनु हो : नगर प्रमुख बस्नेत

Next Post
रामेछापमा कर कार्यालय बस्नु रामेछापको विकास हुनु हो : नगर प्रमुख बस्नेत

रामेछापमा कर कार्यालय बस्नु रामेछापको विकास हुनु हो : नगर प्रमुख बस्नेत

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.