फागुण , ०८
रामेछाप । मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले रामेछापमा कर कार्यालय बस्नु रामेछापको विकास हुनु भएको बताउनुभएको छ । उहाँले कर कार्यालयले जिल्लाका ब्यापारिहरुलाई सहयोग हुने बताउनुभएको हो । बिहिबार रामेछापको सदरमुकाम मन्थलीमा भएको कर प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले त्यस्तो बताउनुभएको हो । जिल्लामा यसै आर्थिक वर्षदेखी कर कार्यलय संचालनमा आउने भएको छ । जसको लागि प्रक्रिया अघि बढी रहेको बताएको छ ।
नगरप्रमुख बस्नेतले जिल्लामा राज्यले निर्धारण गरेको कर सबैले तीर्नु पुर्ने बताउदै कर नतिरे राज्यले कनुनी दायराम ल्यारै छाड्ने चेतावी दिनुभयो । उहाँले आगामी नगर सभाबाटै सबैको सहमतिमा कर प्रशिक्षण लगाएतका कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाउनुभयो । कर उठेमा त्यसलाई विकासमा लगानी गरे देश विकास हुने उहाँको आँकलन छ । स्थानीय तहहरुको कानुनमा पनि राज्यका स्रोत साधान को प्रयोग गरेबापत नीति अनुसार कर लगाउन सक्ने बताउदै कर सही तरिकाले तीन आग्रह गर्नु भयो । संघियतामा गएसंगै चाडो चाडो नीति परिर्वतन हुदा समस्या भएको उहाँको दाबी छ । जिल्लामा ब्यापार घटेको उहाँको दाबी छ ।
स्थानीय ब्यापारीहरुलाई कर सम्बन्धी सचेतना गराउने उद्देश्यले गरिएको कार्यक्रमा जिल्लाका विभिन्न ब्यवासायमा अवद्ध ब्यापारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । उनीहरुलाई आन्तरिक राजस्व कार्यालय धुलिखेलबाट आएका प्रमुख कर अधिकृत नविनद्र श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।