रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा मंगलबारदेखी सुरुभएको दोस्रो रामेछाप महोत्सवमा (भोलि) शुक्रबार चौथो दिन चर्चित लोक तथा दोहोरी गायक सरोज लामिछाने आउने भएका छन् । त्यस्तै हरी कर्माचार्य , धुर्ब बिस्को, कल्पना सुनुवार, गोपाल रार्इ र आकर्षक डान्स काठमान्डौ ग्रुपको प्रस्तुती रहने मोहत्सव आयोजक समितिका मोनोरञ्जन समितिका संयोजक सुरेश उदासले जानकारी दिनुभयो । आन्तरिक र बाह्य पर्यटकलाई रामेछापमा भित्र्याउने, जिल्ला भित्रका विभिन्न जात जातीका झाँकी प्रदर्शन, कृषि उपज, साना उद्योगीद्धारा उत्पादित बस्तु प्रर्दशन, पर्यटन प्रबद्र्धन गर्ने, शैलुङ्ग क्षेत्रको पर्यटन प्रवद्र्धन, हेलिकप्टरबाट मन्थली शैलुङ भ्रमण उडान, नुम्बुर चिज सर्किट, पश्चिमी ट्रेल मार्ग, रामेछापको वृतचित्र प्रद्धशनी, तामाकोसी नदिमा ¥याफ्टिङग सेवा, स्थानीय तथा राष्ट्रिय कलाकारबाट गायन नृत्यसहित वृहत सास्कृतिक कार्यक्रम प्रदर्शन सहितको भब्य रुपमा भैरहेको छ । कार्यक्रममा भोलि बिहिबार चर्चित गायक यस कुमारको प्रस्तुती रहने आयोजन जानकारी दिएको छ । ४७ लाख २० हजार खर्च हुने बताएको छ । मोहत्सव आगामी फागुन १५ गते सम्म चल्ने छ ।