फागुन, १२,
रामेछाप । रामेछाप जिल्लाको रोमछाप नगरपालिका वडा नम्बर १ गोठगाउँको चण्डेश्वरी माध्यमिक विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम सोमबारबाट सुरु भएको छ । विभिन्न सुचक र छनोटका आधारमा रामेछाप नगरपालिकाबाट एक मात्र विद्यालयको रुपमा चण्डेश्वरी माध्यमिक विद्यालयमा चालअर्थिक वर्ष एक विद्यालय एक नर्स कार्यक्रम सुरु भएको रामेछाप नगरपालिका जनस्वास्थ्य निरीक्षक रामशरण पौडेलले जानकारी दिनुभयो ।
बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले एक विद्यालय एक नर्स कार्यक्रम प्रदेश ३ का १३ जिल्लामा सञ्चालन गरिरहको छ ।
विद्यालयमा खटिएका नर्सहरुले विद्यार्थीलाई शारीरिक र मानसिक रूपमा बलियो बनाउने काम गर्नेछन् । उनीहरूले स्वास्थ्यसम्बन्धी सम्पूर्ण विषयमा विद्यार्थीलाई जानकारी गराउने र विद्यालय समयमा विद्यार्थीलाई चोटपटक लागे उपचार समेत गर्ने छन् ।