Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सरकारको सफलता देख्न नसक्नेले आलोचना गरे-सांसद श्रेष्ठ

Milan Ghimire by Milan Ghimire
August 9, 2022
in समाचार
0
सरकारको सफलता देख्न नसक्नेले आलोचना गरे-सांसद श्रेष्ठ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फागुन , २५ ,

रामेछाप । प्रतिनिधिसभाका सांसद तथा पूर्व गृहराज्य मन्त्रि श्यामकुमार श्रेष्ठले सरकारको प्रगति देख्न नसक्नेले सरकारको आलोचना गरेको आरोप लगाउनुभएको छ । रामेछाप नगरपालिकाको वडा नम्बर २ देउराली स्थित सितलादेवी माध्यमिक विद्यालयको शनिबार ६० औं वार्षीक उत्सको अवसरमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । सांसद श्रेष्ठले अहिलेको सरकारले चुनावी अभियानका दिनमा गरेका विभिन्न काम पुरा गरेको दाबी गर्दै सरकारको सफलता देख्न नसकेर अफवाह फैलाउँदै आलोचना गरिरहेको जिकिर गर्नुभयो । सांसद श्रेष्ठले सरकारले संघीयताको लक्ष्य अनुरुप काम गरिरहेको समेत दाबी समेत गर्नुभयो । अहिलेको सरकार जनताको सरकार रहेको उहाँको भनाई छ ।
रामेछापलाई सुखि र समृद्ध बनाउने अभियानमा लागि परेको भन्दै दाबी गर्दै ठोसेमा १८ सय मेगावाटको विद्युत उत्पादन गर्ने योजनालाई संघीय सरकारले डिपिआरको लागि आवश्यक प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो ।
रामेछापमा दर्जन हाइड्रोपावर सञ्चालनमा आइरहेको उल्लेख गर्दै आगामी दिनमा रामेछापका स्थानीयहरु जलविद्युत क्षेत्रको १० प्रतिशत शेयर धनी बन्ने आश्वसन दिनुभयो । उहाँले रामेछापलाई शिक्षा, स्वास्थ्य, सडक, विद्युत लगायतका आवश्य पूर्वधारका विकासहरुको पहुँचमा रामेछापलाई पूर्ण रुपमा पु¥याउने लक्ष्यका साथ काम गरिहेको दाबी गर्नुभयो ।
जिल्लाका विभिन्न सडक यातायात कालोपत्रे गर्ने कामलाई अब तदारुकताका साथ अघि बढाइने उहाँको आश्वसन छ । रामेछाप जिल्लाका सबै शैक्षिक संस्थामा रहेको शिक्षाक दरबन्दि अभावलाई शून्य पार्ने प्रतिबद्धता जनाउनुभयो ।
सोही कार्यक्रममा बोल्दै पूर्व सांसद देव शंखर पौडेलले सबै मिलेर भ्रष्टचार मुक्त समाज, देश निर्माण गर्न लाग्नु पर्नेमा जोड्दिनुभयो । उहाँले अहिलेको सरकारले लिएको राष्ट्रिय नीतिका कारण विकास निर्माणका काम अघि बढेको दाबी गर्नु भयो । उहाँले विगतको नेपाली कांग्रेसको सरकारले शिक्षा विकासको लागि भुमिका खेलेका कारण अहिल शिक्षाको मात्र देशैभरि फैलिएको जिकिर गर्नु भयो । अहिलेको सरकार नीतिग विकास निर्माणमा अघि बढेको उहाँको दाबी छ ।
यसैबीच, बाग्मती प्रदेशका सांसद शान्ति प्रसाद पौडेलले शिक्षकलाई शिक्षाको गुणस्तर बुझेर मात्रै विद्यार्थीको लक्ष्य निर्धाण गर्न आग्रह गर्नु भएको छ । सांसद पौडेलले शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि सहरकेन्द्रित शिक्षकलाई आवश्यकताका आधारमा गाउँमा ल्याउने अभियानका साथ आफूहरु अघि बढेको पनि बताउनु भएको छ । उहाँले विद्यार्थी र शिक्षकहरु अनुशासित बन्न आग्रह गर्नु भयो ।
कार्यक्रममा पूर्व सांसद तारानारायण श्रेष्ठ, रामेछाप नगरपालिकाका नगर प्रमुख नरबहादुर थापा मगरले आर्थिक समृद्धि भए मुलुक विकासको गतिमा फड्को मार्ने औल्याएका थिए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापको स्कूल नै बन्यो दाेस्रो ‘रामेछाप महोत्सव’को आकर्षण (फोटो फिचर)

Next Post

रामेछापमा महिला हिंसा सम्बन्धी जघन्य अपराध बढ्यो

Next Post
रामेछापमा महिला हिंसा सम्बन्धी जघन्य अपराध बढ्यो

रामेछापमा महिला हिंसा सम्बन्धी जघन्य अपराध बढ्यो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.