Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापको स्कूल नै बन्यो दाेस्रो ‘रामेछाप महोत्सव’को आकर्षण (फोटो फिचर)

Milan Ghimire by Milan Ghimire
March 6, 2020
in जनता स्पेसल, फिचर, मनोरञ्जन, शिक्षा, सूचना प्रविधि, स्वास्थ्य
0
रामेछापको स्कूल नै बन्यो दाेस्रो ‘रामेछाप महोत्सव’को आकर्षण (फोटो फिचर)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फागनु, २३

रामेछाप । फागुन ६ देखि १७ गतेसम्म रामेछाप मन्थलीमा भएको दोस्रो रामेछाप महोत्सवमा मन्थलीको केब्स स्कूलको शैक्षिकप्रदर्शनी एक मूख्य आकर्षणको केन्द्र बन्यो । चालिस हजार भन्दाबढी व्यक्तिले भ्रमण गरेको उक्त महोत्सवमा सबैजसोले केब्सका विद्यार्थीहरुले बनाएका विभिन्न आकर्षक परियोजनाका कार्यहरुलाई अत्यन्त रुचिपूर्वक हेर्दै स्कूलले गरेको यस कार्यको प्रशंसा गरेका थिए ।

स्कूल

विद्यार्थीले बनाएका सित्खा–खाँडादेवी केबुलकारको नमुना र रामेछापको नक्सा सहितको फोटो खिच्ने फ्रेम उक्तप्रदर्शनीका सबै भन्दा आकर्षणका बस्तुहरु रहेका थिए । स्कूलले रामेछाप महोत्सवको चिनो स्वरुप फोटो फ्रेम बनाएर आगन्तुक सबैलाई निशुल्कफोटो खिच्ने सुविधाउपलब्ध गराएको थियो ।

  • बाग्मती प्रदेशका मन्त्री कैलास ढुंगेल फोटोमा
  • बाग्मती प्रदेशका मन्त्री कैलास ढुंगेल अवलोकन गर्दै

बाग्मती प्रदेशका अर्थमन्त्री कैलाशप्रसाद ढुङ्गेलले समेत अत्यन्त रुचीपूर्वक उक्त प्रदर्शनीको अवलोकन गर्दै स्कूल परिवारलाई यो अवसर जुटाएको माधन्यवाद दिँदै राजधानीको जस्तो शैक्षिकगुणस्तर दिन रामेछाप सक्षमभएकोे उदाहरण केब्स स्कूलले दिएको र यस प्रकारका प्रयोगात्मक शैक्षिक गतिविधि सञ्चालन गर्न प्रदेश सरकार सहयोगका लागितयार रहेको बताउनुभयो । उक्त प्रदर्शनीमा विद्यार्थीहरुले पठनपाठनका क्रममा नियमित रुपमा तयार गरेका शैक्षिक परियोजना अन्तर्गतका ऐतिहासिक, धार्मिक, पर्यटन, कृषि, वातावरण र आधुनिक विकास सम्बन्धि स्थानिय स्रोत साधनको प्रयोग गरी बनाइएका विभिन्न नमुनाहरुका साथै हस्तकलाका आकर्षक सामग्रीहरु समेत राखेका थिए ।

  • स्कूलले निर्माण गरेको समाग्री प्रर्दशनी
  • स्कूलले निर्माण गरेको समाग्री प्रर्दशनी
  • स्कूलले निर्माण गरेको समाग्री प्रर्दशनी

मनोरञ्जनात्मक खेलको समेत व्यवस्था गरिएको केब्स स्कूलको स्टलमा बिहानदेखि बेलुका सम्मघुइँचो देखिन्थ्यो । शिक्षालाई जीवनसँग जोड्ने र विद्यार्थीहरुको पूर्ण सहभागीतामा गरेर सिक्ने वातावरण केब्स स्कूलले सिर्जना गरिरहेको तथा आगामी दिनहरुमा अझ सशक्त शैक्षिक कार्यक्रमहरु सहित अगाडी बढ्ने योजना रहेको स्कूल प्रिन्सिपल केशव तिमल्सिनाले बताउनु भयो ।

  • स्कूलले निर्माण गरेको समाग्री प्रर्दशनी
  • केब्स स्कूलले निर्माण गरेको लब यू रामेछापमा फोटो खिचाउनेहरु
  • केब्स स्कूलले निर्माण गरेको लब यू रामेछापमा फोटो खिचाउनेहरु
  • स्कूलले निर्माण गरेको समाग्री प्रर्दशनी

आफ्ना शैक्षिक कार्यक्रमहरु यसरी सार्वजनिक गरेर स्कूलहरुले शैक्षिक अभ्यासहरुलाई नयाँढंगले अगाडी बढाउनु पर्ने सन्देश दिन चाहेको उहाँको भनाई थियो । रामेछाप महोत्सवमा केब्स स्कूलका शिक्षक तथा विद्यार्थीहरुले गायन तथा नृत्यहरु समेत प्रस्तुत गरेका थिए । सो स्कूलले शिक्षा क्षेत्रमा नविनतम प्रयोगहरु गर्दै आफूलाई एउटा अब्बल दर्जाको शैक्षिक संस्थाको रुपमा विकास गर्दै आइरहेको देखिन्छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts

Previous Post

प्रमुख जिल्ला अधिकारी रुद्र र्शमाको एक्सन सुरु, छड्के निरीक्षण, ५५ जना कर्मचारी कार्वाहीमा पर्ने,

Next Post

सरकारको सफलता देख्न नसक्नेले आलोचना गरे-सांसद श्रेष्ठ

Next Post
सरकारको सफलता देख्न नसक्नेले आलोचना गरे-सांसद श्रेष्ठ

सरकारको सफलता देख्न नसक्नेले आलोचना गरे-सांसद श्रेष्ठ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...