चैत्र, ०१,
रामेछाप । नेपाल जेसिआइले रामेछापको सदरमुकाम मन्थलीमा सचेतना ¥याली शनिबार सम्पन्न गरेको छ । विश्वमा आतङ्को रुपमा फैलिएको कोरोना भाइरसको जिल्लामा त्रास काम गर्न, सचेतना फैलाउन ¥यालीको आयोजना गरेको हो ।
विभिन्न संघ संस्थामा आवद्ध युवाहरु, रामेछाप जेसिआइका पदाधिकारीहरुको उपस्थितिमा कोरोना भाइरस एक ज्यानलिने भाइरस भएको ठहर गरेको हो ।
यसबाट बच्नको लागि स्थानीय स्तर सम्म नागरिकहरु सचेत हुन् भन्ने भावनाका साथ सचेतना कार्यक्रम आयोजना गरेको रामेछाप जेसिआइका कोषाध्यक्ष सन्तोष केसीले बताउनुभयो । उनीहरुले जिल्लामा रहेका आठ वटै स्थानीय तहहरुमा कोरोना भाइरसको त्रास र त्यसले निम्त्याउन सक्ने समस्याको बारेमा सचेत रहन सबैमा सुझाव दिएका छन् ।
साथै जिल्लामा कोरोना भाइरसका बिरामी देखिएमा के गर्न सकिन्छ भन्ने पूर्व तयारीका बारेमा खुल्ला छलफल पनि गरेका छन् ।
संघले स्थानीय तहरुमा कोरोनाको आपत्कालीन आवस्थामा सबै एक हुन आग्रह गरेको छ । साथै युवाहरुले सचेतना संजालको माध्यमबाट फैलाउने निर्णय गरेको छ ।
हाल सम्ममा जिल्लामा कोरोना भाइरसको बिरामी नभए पनि सुरक्षीत रहन सबै पक्षले सचेतना फैलाएका छन ।
जिल्ला प्रशासन कार्यालय रामेछापले पनि यसबारे सचेत गराएको छ । साथै जिल्लाका आठ वटै स्थानीय तहहरुले सुरक्षाका उपाय अपनाएका छन् । जिल्लाका विभिन्न सरकारी तथा नीजि स्वस्थ्य चौकीहरुमा आइसोलेसन वाड पनि तयार गरिएको छ ।