Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापसहित देशका विभिन्न ठाउँमा डेङ्गीको लक्षण,३६ जनामा सङ्क्रमण ,

Milan Ghimire by Milan Ghimire
March 15, 2020
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
रामेछापसहित देशका विभिन्न ठाउँमा डेङ्गीको लक्षण,३६ जनामा सङ्क्रमण ,
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत, १,

रामेछाप सहित देशका विभिन्न जिल्लामा डेङ्गी रोगको लक्षण देखा परेको छ । पुसको दोस्रो हप्तादेखि शुक्रबारसम्ममा ३६ जना डेङ्गीका बिरामी फेला परेको ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

विभिन्न अस्पतालमा उपचारका लागि पुगेका ३६ जना बिरामीमा डेङ्गीको सङ्क्रमण देखा परेको महाशाखाले जनाएको छ । महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेश १ अन्तर्गत झापामा १, मोरङमा ३ र सुनसरीमा २ गरी ६ जना डेङ्गीको बिरामी फेला परेका हुन् ।

यस्तै वाग्मती प्रदेश अन्तर्गत नुवाकोटमा १, काठमाण्डौमा ३, ललितपुरमा ३, रामेछापमा १ र मकवानपुरमा १ गरी ९ जनामा डेङ्गीको लक्षण भेटिएको छ ।

गण्डकी प्रदेशको गोरखामा १, म्याग्दीमा १, कास्कीमा २ र नवलपरासी सुस्ता पूर्वमा १ गरी ५ र प्रदेश ५ मा नवलपरासी सुस्ता पश्चिममा १, रुपन्देहीमा ११, कपिलवस्तुमा १ र बाँकेमा १ गरी १४ जना डेङ्गीकाका बिरामी भेटिएका छन् ।

सुदूरपश्चिम प्रदेशअन्तर्गत डडेलधुरामा १ र कैलालीमा १ गरी २ जना बिरामी भेटिएका छन् । मौसम परिवर्तनसँगै नेपालमा डेङ्गीका बिरामी भेटिएको महाशाखाले जनाएको छ ।

रामेछाप जेसिआइद्धारा कोरोना भाइरस विरुद्ध सचेतना अभियान सम्पन्न

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछाप जेसिआइद्धारा कोरोना भाइरस विरुद्ध सचेतना अभियान सम्पन्न

Next Post

४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीको बाँध परीक्षण गरिदैै

Next Post
४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीको बाँध परीक्षण गरिदैै

४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीको बाँध परीक्षण गरिदैै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.