चैत्र, ०४,
देशका विभिन्न ठाउँमा कालो बाजरी बढी रहेका बेला रामेछाप जिल्लाका स्थानीय निकायहरु यसबाट जिल्लामा हुन सक्ने अबैद् कारोबार रोक्न सचेत भएका छन् ।
सोमबार मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेतको संयोजन र जिल्ला प्रशासन कार्यालय रामेछापको समन्वयमा संयुक्त रुपमा बजार अनुगमन गरिएको छ ।
रामेछाप उद्योग वाणिज्य संघ, विषयतग शाखा कार्यालयहरु, पत्रकार लगायतको संयुत्त टोलीले मन्थली नगरपालिका भित्र रहेका अस्पताल तथा औषधी पसल, किराना, तरकारी तथा फलफुल, मासु पसलमा ४ वटा समुहले छुटा छुटै अनुगमन गरको हो ।
जनता भ्वास अन्लाइनको एप्स् यो लिङ्कबाट डाउन्लोड गर्नुस्
https://play.google.com/store/apps/details?id=biz.webpal.janatavoice&hl=en
अनुगमानका क्रममा १९ वटा मासु पसल, ६ वटा दाना, २ वटा डेरी, २ वटा एग्रोभेट गरि २९ वटा पसलमा नीरिक्षण गर्दा ४ वटा मासु पसलबाट ३३ के.जी खान अयोग्य मासु जफत गरिएको छ ।
त्यस्तै ३ वटा अस्पताल, १ वटा पोलिक्लिनिक र २ वटा फर्मेसीमा गरिएको अनुगमनबाट म्याद नाघेको औषधी बरामद गरिएको छ ।
बरामद गरिएको अस्पताको नाम भने खुलाएको छैन । २३ वटा खाद्य स्टोस भोजनालय एण्ड होटल र किराना पसल १३ वटामा गरिएको नीरिक्षणमा घरेलु मदिरा २४ लिटर बरामद गरि नष्ट गरिएको छ ।
त्यस्तै म्याद नाघेका २२ वटा अरेञ्ज जुस, १ प्याकेट कुकिज विस्कुट, ३ बोलत मिरिण्डा र सडेगलेको केरा पनि बरामद गरिएको छ ।
२८ वटा तरकारी तथा फलफुल र मासु पसलमा गरिएको नीरिक्षणमा १० बोतल जुस, मसला ५० ग्रामको ९ प्याकेट, रियल जुस २०० मि.लि.को, ४३ वटा चिकेन मसला ६ वटा, मःमः मसला, ३ वटा, अनमोल मसला, १७ वटा, जुनार ८ किलो, लिची जुस २०० मि.लि.को २ वटा लगायतका समाग्री म्याद नाघको पाएकोले जफत गरिएको छ ।
सम्बन्धीत समाचार