Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मनकामना मन्दिरमा सर्वसाधारणलाई पूजा गर्न रोक

Milan Ghimire by Milan Ghimire
March 21, 2020
in जनता स्पेसल, विचार, शिक्षा, समाचार, सूचना प्रविधि, स्वास्थ्य
0
मनकामना मन्दिरमा सर्वसाधारणलाई पूजा गर्न रोक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत,०८

गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा आजदेखि विशेष पूजाबाहेकका अन्य सबै पूजाआजा गर्न रोक लगाइने भएको छ ।

कोभिड–१९ को सङ्क्रमण फैलन नदिन मनकामना मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाइएको मन्दिरका मुख्य पुजारी इन्सान थापामगरले जानकारी दिनुुभयो ।

सरकारले २५ भन्दा बढीलाई एकै ठाउँमा भेला हुन रोक लगाएपछि अत्यधिक दर्शनार्थीको भीड हुने मनकामना मन्दिरमा केही समयका लागि पूजाआजा गर्न रोक लगाइएको उहाँले बताउनुुभयो ।

मनकामना मन्दिरमा दैनिक करिब तीन हजार ५०० भन्दा बढी सर्वसाधारण भक्तजनले पूजा गर्ने गरेका छन् ।

धार्मिक हिसाबले गोरखा जिल्लाको प्रमुख धार्मिक तथा ऐतिहासिक गन्तव्यका रुपमा मनकामना मन्दिरलाई लिने गरिन्छ ।

यसअघि जिल्ला सुरक्षा समितिको बैठकले पनि कोरोनाको सङ्क्रमणबाट सुरक्षित हुन भन्दै मन्दिरमा सर्वसाधारणका लागि पूजा गर्न रोक लगाउने निर्णय गरेको थियो ।

बैठकले अर्को सूचना जारी नभएसम्मका लागि पूजा गर्न रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुुभयो ।
अब मनकामना मन्दिरमा नित्य पूजा र साँझको आरती पूजा मात्र हुने मन्दिरका मूल पुजारी थापामगरले बताउनुुभयो ।
चैतेदशैँको पर्व पूजाबाहेक अन्य पूजा रोकिने मन्दिरका मुख्य पुजारी थापाको भनाइ छ ।

उहाँका अनुसार अब बिहान सधैंजस्तो हरेक दिन नित्य पूजा र साँझमा देवीलाई आरती मात्र दिइनेछ ।

यो वर्षको चैतेदशैँ भने आउँदो १९ गते परेको छ । मन्दिरमा चैतेदशैँको बेला गुठियार भेला भएर राँगो, बोका बलि दिइने मूल पुजारी थापामगरले जानकारी दिनुुभयो । रासस

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

कोरोना भाइरस संक्रमणबाट जोगाउन कम्तीमा १४ दिन घरमै क्वारेन्टाइनमा बस्नु पर्ने, प्रधानमन्त्री ओलीको सम्बोधन पूर्णपाठ

Next Post

कैलालीमा कोरोनाको आशंकामा तीनजना अस्पताल भर्ना

Next Post
कैलालीमा कोरोनाको आशंकामा तीनजना अस्पताल भर्ना

कैलालीमा कोरोनाको आशंकामा तीनजना अस्पताल भर्ना

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.