चैत्र, ९,
रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गर्ने भएको छ । आइतबार एक सूचना प्रकाशन गरी अत्यावश्यक बाहेकका नागरिकता, राहदानी वितरण लगाएतका सार्वजनिक सेवाहरु अर्को सूचना जारी नभएसम्म बन्द भएको जनाएको हो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सूचना मार्फत जिल्ला स्थित संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी क्षेत्रका सेवा प्रदायक संस्थाहरुबाट अत्यावश्यक सेवाहरु संचालन रहने भएकाले सवै सरकारी कर्मचारीहरु र सेवामा कार्यरत कर्मचारीहरुलाई यथावत रुपमा कार्यालयमा उपस्थित हुन निर्देशन दिनुभएको छ ।
जिल्ला प्रशासन कार्यालयले हाललाई यो सेवा चैत २१ गतेसम्मको लागि बन्द भएको जनाएको छ ।
सम्बन्धी समाचार