Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भैसेश्वरको हेल्थ डेस्कमा १५ सयले गरे परिक्षण

जनता भ्वाइस by जनता भ्वाइस
March 23, 2020
in जनता स्पेसल, समाचार, सूचना प्रविधि, स्वास्थ्य
0
भैसेश्वरको हेल्थ डेस्कमा १५ सयले गरे परिक्षण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत,१०,

रामेछाप । कोरोना भाइरस (कोडिभ–१९) को संक्रमण नियन्त्रणको लागि रामेछापको सदरमुकाम मन्थलीमा हेल्थ डेस्क स्थापना गरिएको छ । काठमाडौं र तराईबाट रामेछाप प्रवेश गर्ने मुख्य स्थान मन्थलीको भैंसेश्वरमा सोमबारबाट सो डेस्कको स्थापना गरिएको हो ।


देशका विभिन्न ठाउँ काठमाडौं, काँकडभित्ता, नारायणघाट, वीरगञ्ज लगाएतकाबाट जिल्ला सदरमुकाम मन्थली प्रवेश गर्ने मानिसहरुमा कुनै पनि मानिसमा केही लक्ष्यणहरु देखिएमा जाँच गर्न डेक्स स्थापना गरिएको हो । विशेषगरी जिल्ला बाहिरबाट आउने सम्पूर्णमा ज्वरो जाँच गर्न हेल्थ डेस्क स्थापना गरिएको मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशवराज फुँयालले जनता भ्वाईसलाइ जानकारी दिनुभयो ।


हेल्थ डेस्कमा चेकजाँच गर्दा शंकास्पद बिरामी भेटिए उनीहरूलाई थप उपचारका लागि जिल्लास्थित मन्थली प्राथमिक स्वास्थ्य केन्द्र, तामाकोशी अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा रहेको आइसोलेसन वार्डमा पठाइने व्यवस्था मिलाइएको फुँयालले बताउनुभयो । सोमबार नै १५ सय भन्दा बढीको परिक्षण गरिएको छ । परिक्षण्का लागि डेस्कमा ४ जना स्वास्थ्यकर्मी खटाई इन्फारेड थर्मोमिटर मार्फत परिक्षण गरिएको छ ।

यसैगरी सो हेल्थ डेक्समा सङकालागेकाहरुको पनि परिक्षण गरिने छ । साथै जिल्लामा ट्राफिक प्रहरी, विभिन्न संघसंस्थाले विभिन्न सार्वजनिक स्थानमा साबुन पानीले हात धुने र सेनेटाइजरको पनि व्यवस्था गरेका छन् । साथै २५ जना भन्दा बढी मानिसको भिड नगर्न जिल्ला प्रशासनले निर्देशन जारी गरेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोरोनाको प्रभाव : तीन महिना संकटकाल लगाउने तयारीमा सरकार

Next Post

कोरोनाको प्रभाव : मन्थली बजार सुनसान

Next Post
कोरोनाको प्रभाव : मन्थली बजार सुनसान

कोरोनाको प्रभाव : मन्थली बजार सुनसान

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.