चैत, ११,
रामेछा । जिल्ला प्रशासन कार्यालय रामेछापले निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको संम्भावित संक्रमणबाट बच्न नेपाल सरकारको लाकडाउन निर्देशन पश्चात जिल्ला प्रशासनले सोमबार प्रशासनमा एक छलफल गरि निषेधाज्ञा जारी गरेको हो ।
प्रशासनले मंगलबार ११ गते देखी १८ गते मंगलबारसम्मको लागि निषेधाज्ञा जारी गरेको सुचना मार्फत जनाएको हो । नेपाल सरकाले देशमा लकडाउन प्रणाली लागुगरेका छ ।
सुचनामा ५ बुँदे निषेधाज्ञा उल्लेख गरिएको छ । प्रशासनले औषधी उपचार, खाद्य बस्तु खरिद जस्ता आवश्यक काममा बाहेक कुनै पनि ब्यक्ति घरबाट बाहिर ननिस्क लगायतका आग्रह गरिएको छ ।