Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोनाविरुद्धको औषधि देउराली जनताले बनाउने, सित्तैमा सरकारलाई दिने

जनता भ्वाइस by जनता भ्वाइस
March 25, 2020
in जनता स्पेसल, शिक्षा, समाचार, सूचना प्रविधि, स्वास्थ्य
0
कोरोनाविरुद्धको औषधि देउराली जनताले बनाउने, सित्तैमा सरकारलाई दिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत १२,

रामेछाप । नेपालको चर्चित औषधि उत्पदाक कम्पनी देउराली जनता फर्मास्युटिकल्सले कोभिड १९ कोरोना भाइरसको उपचारमा प्रयोग हुने ‘हाइड्रोअक्सिक्लोरोक्विन सल्फेट ट्याबलेट’सरकारलाई सित्तैमा दिने बताएको छ। उक्त फर्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माले यसबारेमा जानकारी दिएका हुन्। फर्मास्युटिकल्सले यसबारेमा मंगलबार एउटा प्रेव वक्तव्य नै निकालेको छ। ‘विश्वभरि कोभिड-१९ को उपचारमा एकमात्रै औषधिका रूपमा ‘हाइड्रोअक्सिक्लोरोक्विन सल्फेट ट्याबलेट’प्रयोग गर्न सकिने विभिन्न शोधहरूबाट पुष्टि भएको छ’, शर्माले भनेका छन्, ‘भारतले यो ट्याब्लेटलाई प्रयोगमा ल्याउने निर्णय गरिसकेको छ।’

उनले राष्ट्र र जनताप्रतिको दायित्व सम्झिएर यस्तो कदम चालिएको दाबी गरेका छन्। ‘राष्ट्रप्रतिको जिम्मेवारी ठानेर हाइड्रोअक्सिक्लोरोक्विन सल्फेट ट्याबलेट, हाइक्विन २०० ट्याबलेट उत्पादन गरी सरकारलाई निशुल्क दिने निर्णय लिएका हौँ।’ कम्पनीले जारी गरेको विज्ञप्तिमा तत्कालै ४ लाख हाइक्विन २०० ट्याबलेट उत्पादन गरेर सरकारलाई उपलब्ध गराउने जनाएको छ। यतिका संख्याको ट्याब्लेट कोरोना भाइरसका १५ हजारजना बिमारीको उपचारका लागि पुग्ने कम्पनीले दाबी गरेको छ देउराली जनताका अनुसार यतिका संख्याको ट्याब्लेटको बजार मूल्य ४८ लाख रुपैयाँ बराबर हुन आउँछ। कम्पनीले दाबी गरे अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यो औषधि कोभिड-१९ को उपचारमा प्रभावकारी हुने जनाएका छन् कोभिड-१९ को उपचारमा यो औषधि प्रभावकारी भएमा महामारीका बेला यस्ता औषधिको उत्पादनमा सरकारसँग सहकार्य गर्ने दाबी पनि शर्माले गरेका छन्। शर्माका अनुसार हाल देउराली जनताले नेपालमा दुई सय १० प्रकारका विभिन्‍न औषधिहरू उत्पादन गर्दै आएको छ। देउराली जनता नेपालको शीर्ष औषधि कम्पनीमध्ये एक हो।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ हजार नजिक पुग्यो

Next Post

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन पुग्यो

Next Post
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन पुग्यो

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन पुग्यो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.