Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आधा सिलिण्डर ग्यास भरेर बेच्न निगमको निर्देशन

जनता भ्वाइस by जनता भ्वाइस
March 26, 2020
in समाचार
0
आधा सिलिण्डर ग्यास भरेर बेच्न निगमको निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — बजारमा ग्यास अभाव देखिएपछि नेपाल आयल निगमले आधा सिलिण्डर ग्यास भरेर बिक्री गर्न उद्योगहरुलाई निर्देशन दिएको छ । अब बजारमा ७.१ केजी ग्यास भरिएको सिलिण्डर पाइने छ । यति ग्यासको मूल्य ६ सय ८७ रुपैयाँ ५० पैसा पर्नेछ ।

आपूर्ति पर्याप्त भएपनि ग्यास अभाव कायमै भएपछि निगमले आधा ग्यास भरेर बेच्ने निर्णय गरेको हो। एउटा सिलिन्डरमा १४.२ किलो ग्यास हुन्छ। अब भने ७.१ किलो ग्यास मात्रै बिक्री गरिने निगमले जनाएको छ।
‘आपूर्तिको समस्या छैन, तर बजारमा अझै अभाव छ,’ निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले भने, ‘सबैको पहुँच बनाउन आधा भरेर बेच्न भनेका छौं।’ ग्यास आयात भएपनि वितरण प्रणाली कमजोर छ।

कोरोना संक्रमण रोक्न भारतले २१ दिने लकडाउन घोषणा गरेपछि बजारमा ग्यास अभाव देखिन थालेको हो। उपभोक्ताले ग्यास नपाइने डरमा सञ्चिति गर्न थालेपछि अभाव देखिएको अनुमान छ। वितरणमा समस्या भए पनि निगमले भने ग्यास आपूर्तिमा समस्या नरहेको जनाएको छ।

आपूर्तिमा कुनै समस्या नभएपनि जुनकुनै बेला जेपनि हुनसक्छ,’ कार्यकारी निर्देशक पौडेलले भने, ‘७.१ किलो भरेर बेच्दा सबैको पर्हुँच पुग्छ। अभावको नाममा नयाँ सिलिन्डर बजार आइरहेको छ। त्यो रोक्न पनि जरुरी छ।’

निगमका अनुसार मंगलबार करिब १ सय ४० बुलेट, बुधबार १ सय १० बुलेट ग्यास लोड भएको थियो। बिहीबार पनि करिब ८० बुलेट ग्यास लोड हुने अनुमान छ। तर, नेपालमा भण्डार नहुँदा समस्या भएको निगमले जनाएको छ।
‘हाम्रो भण्डार छैन। भारतमा लकडाउले चालकहरुलाई पनि समस्या छ,’ पौडेलले भने, ‘बजारको सिलिन्डर भरेर राख्न खोजेको छौ।’
एलपी ग्यास उद्योग सघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले निगमको चिठी बुधबार राति प्राप्त भएको बताए।
‘निगमले बुधबार निर्णय गरेर चिठी पठाएको छ,’ उनले भने, ‘आयात, ग्यास रिफिलिङ र वितरण कसरी गर्ने सन्दर्भमा छलफल गरिरहेका छौ।’
यसअघि नाकाबन्दीको बेला निगमले आधा मात्रै सिलिन्डर भनेर बितरण गरेको थियो। ekantipur ले लेखेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

घाइते मृगको उद्दार

Next Post

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

Next Post

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.