Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बागमती प्रदेशको निर्णय : स्थानीय तहलाई १० लाख भन्दा माथी आर्थिक सहयोग र आवश्यक सामाग्री दिने तयारी

Milan Ghimire by Milan Ghimire
March 29, 2020
in जनता स्पेसल, समाचार
0
बागमती प्रदेशको निर्णय : स्थानीय तहलाई १० लाख भन्दा माथी आर्थिक सहयोग र आवश्यक सामाग्री दिने तयारी
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

चैत्र, १६,

हेटौडा । बागमती प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि स्थानीय तहलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आइतबार मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो ।

बागमती प्रदेशका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले स्थानीय सरकारलाई कोरोना रोकथाम र नियन्त्रणको लागि बजेट उपलब्ध गराउने निर्णय भएको बताउनुभयो । ‘गाउँपालकालाई १०, नगरपालिकालाई १२ लाख, उपमहानगरपालिकालाई १५ र महानगरपालिकालाई २० लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको उहाँले जानकारी दिनुुभयो । आर्थिक सहयोग मात्र नभएर प्रदेश सरकारले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री पनि पठाउने तयारी गरिएको छ ।’

उहाँका अनुसार आज बसेको बैठकले कोराना भाइरस रोकथाम तथा नियन्त्रण कार्यविधि अनुमोदन गरेको छ । बैठकले स्थानीय सरकारलाई सम्पूर्ण शक्ति कोरोना भाइरस रोकथाम र नियन्त्रणमा परिचालन गर्न आग्रह गर्ने निर्णय गरेको बताउदै मन्त्री ढुंगेलले आवश्यक स्वास्थ्य सामाग्रीको अभाव हुन नदिने बताउनुभयो ।
बागमती प्रदेशमा १३ जिल्ला अन्तर्गत ३ वटा महानगरपालिका, १ वटा उपमहानगरपालिका, ४१ वटा नगरपालिका तथा ७४ वटा गाउँपालिका गरी ११९ स्थानीय तह रहेका छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछाप प्रहरीलाई माक्स र स्यानिटाइजर वितरण,

Next Post

मन्त्रिपरिषद् बैठकका निर्णयहरु, १६ चैत २०७६

Next Post
मन्त्रिपरिषद् बैठकका निर्णयहरु, १६ चैत २०७६

मन्त्रिपरिषद् बैठकका निर्णयहरु, १६ चैत २०७६

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.