चैत,१६,
रामेछाप । रामेछाप जिल्ला प्रहरीका प्रमुख वशन्त पाठकले जिल्लामा कार्यरत प्रहरीहरुलाई माक्स र स्यानिटाइजर बितरण गर्नुभएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय, ट्रफिक प्रहरी लगायत १ सय ४२ जनालाई सुरक्षित उपकरण वितरण गर्नुभएको प्रमुख पाठकले जनता भ्वाईसलाई जानकारी दिनुभयो ।
मन्थली नगरपालिकाको सहयोगमा उक्त सामाग्री वितरण गरिएको पाठकको भनाई छ । जनता भ्वाईससंग कुरागर्दै उहाँले हालसम्म कुनै पनि अपराधिक गतिविधि नभएको जिकिर गर्नुभयो । उहाँले नागरिकहरु सचेत भएका कारण कोरोना संक्रमण नफैलिएको सुनाउनुभयो ।
प्रमुख पाठकले जिल्लामा कुनै पनि नागरिकहरु बाहिरबाट प्रवेश गर्न नसक्ने दाबी समेत गर्नुभयो । उहाँले भन्नुभयो, कोही नचिनेका मानिसहरु देख्ने वित्तकै मानिसहरुले खबर गर्ने भएकाले पनि कोरोना संक्रमण फैलिन सक्दैन । जिल्लामा अत्यावश्यक बाहेकका सवारी साधान पनि जाँच गरेर मात्र चल्न दिएको उहाँको भनाई छ । हाल सम्ममा सबै स्थानीय तहमा प्रहरी परिचालन गरिएको छ । आईतबार सम्म कुनै राजनीतिक दबाब पनि नआएको सुनाउनुभयो ।