चैत १७,
रामेछाप । विश्वका विभिन्न देशमा अहिलेसम्म डेढ लाखभन्दा धेरै कोरोना भाइरस (कोभिड १९) सङ्क्रमित उपचारपछि निको भएका छन् ।
एक ९९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानीजहाजमा फैलिएको कोरोनाका कारण सात लाख २० हजार ६ सय ६१ मानिस सङ्क्रमित भएकामा एक लाख ५० हजार ९ सय ३९ जना उपचारपछि निको भएका छन् ।
विश्वभर पाँच लाख ३५ हजार सात सय ९६ जनाको उपचार भइरहेको छ भने ३३ हजार ९ सय २६ जनाको ज्यान गएको छ ।
सबैभन्दा धेरै इटलीमा १० हजार सात सय ७९ जनाको ज्यान गएको छ । स्पेनमा पनि ज्यान गुमाउनेको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । स्पेनमा गएको २४ घण्टामा सबैभन्दा धेरै आठ सय २१ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या ६ हजार आठ सय तीन पुगेको छ ।
यसैगरी अमेरिकामा भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ह्वात्तै बढ्दै गएको छ । अमेरिकामा आइतबार एकैदिन साढे १७ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् । अमेरिकामा एक लाख ४१ हजार एक सय ६९ जनामा कोरोना भएको पुष्टि भएको छ ।
यो पनि पढनुस
- कोरोनाको कारण इटलीमा एकैदिन ८ सयको ज्यान गयो, मृतको संख्या ८ सय २५
- कोरोना भाइरस : आशावादी हुनुपर्ने ५ कारण
- पाँच मिनेटमै कोरोना भाइरस परीक्षण हुने मेसिन तयार
- रोग लाग्नु भन्दा अगाडिको इटाली र अहिलेको नेपालको अवस्था उस्तै !
- कोरोनाविरुद्धको औषधि देउराली जनताले बनाउने, सित्तैमा सरकारलाई दिने
- सावधान १ लकडाउन उल्लंघन गरे ६ महिना कैद हुनसक्छ लकडाउनको बेला के – के गर्न पाइन्छ ?
- कोभिड-१९ विरुद्धको अभियानका क्रममा वडाध्यक्षमाथि आक्रमण
- प्रमुख जिल्ला अधिकारीद्धरा भैसेश्वरको हेल्थ डेस्क नीरिक्षण : स्वस्थ्य परिक्षण,
- रामेछाप प्रहरीलाई माक्स र स्यानिटाइजर वितरण,
- अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध ३ वैशाखसम्म लम्बियो
- अझ एक हप्ता लक डाउन गर्न सिफारिस