Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीहरुलाई सरकारको आग्रह

जनता भ्वाइस by जनता भ्वाइस
March 30, 2020
in जनता स्पेसल, समाचार, स्वास्थ्य
0
एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीहरुलाई सरकारको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत, १७,

रामेछाप । सरकारले असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीहरुलाई आग्रह गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस्तो आग्रह गरेको हो । आफ्नो आग्रहअनुसार असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको घरभाडा मिनाहा गरे एक महिनाको घरबाहल कर छुट दिइने निर्णय सरकारको छ । सरकारी निर्णय शहरी क्षेत्रका असंगठित श्रमिकको हकमा मात्रै लागू हुनेछ । यस्तै, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ चामल, पिठो, दाल, तेल, चीन लगायतका खाद्य वस्तुमा १० प्रतिशत छुट दिइने भएको छ ।

त्यसै गरि आइतबार बेलुका अबेरसम्म चलेको मन्त्रिपरिषद् बैठकले राहत तथा सहुलियत दिने निर्णय गरेको छ । यसरि घोषित राहत र सहुलियत बिजुली, इन्टरनेट, दाल चामल लगायत खाद्य सामग्रीमा लागू हुने सरकारका प्रवक्ता अर्थमन्त्री तथा सन्चार तथा सूचना प्रविधि डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को निर्णय अनुसार १ सय ५० युनिटसम्म बिजुली बाल्ने ग्राहकहरुलाई फागुन र चैतको महसुलमा २५ प्रतिशत छुट तथा खाद्य संस्थान तथा साल्ट ट्रेडिङद्वारा वितरित दाल, चामल लगायतका खाद्य वस्तुमा १० प्रतिशतको छुट दिइनेछ ।

यसैगरी विद्युत प्राधिकरणको बचत भएको विद्युत खपत गर्ने उद्योगलाई ३० देखि ५० प्रतिशत महशुल छुट दिने पनि बैठकले निर्णय गरेको छ ।

यसैबिच कोरोना भाइरसको संक्रमण नफैलोस् भनेर सरकारले घोषणा गरेको लकडाउनको अवधि थपिएको छ ।

    आइतबार बेलुका अबेर सम्म चलेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको अवधि २५ गते राति १२ बजेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

    यसअघि उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहान ६ बजेबाट लागू हुने गरी एक साताका लागि लकडाउनको घोषणा गरेको थियो । यो लकडाउनको समय नसकिंदै सरकारले एक हप्ताको समय लम्ब्याएको हो ।

    Author

    • जनता भ्वाइस
      जनता भ्वाइस

      View all posts
    Previous Post

    कोरोना भाइरस : ज्यान गुमाउनेको सङ्ख्या ३३ हजार नाघ्यो, एक लाख ५० हजारभन्दा बढी उपचारपछि निको भए

    Next Post

    नेशनल मेडिकल कलेजले उपचार नगरी फिर्ता पठाएको बिरामीको मृत्यु

    Next Post
    नेशनल मेडिकल कलेजले उपचार नगरी फिर्ता पठाएको बिरामीको मृत्यु

    नेशनल मेडिकल कलेजले उपचार नगरी फिर्ता पठाएको बिरामीको मृत्यु

    हामी फेसबुकमा

    हामी फेसबुकमा

    ट्विटरमा फलो गर्नुहोला

    My Tweets

    सामुदायिक मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता -१८६२/०७६-७७
    प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
    मन्थली न.पा. १, रामेछाप
    विज्ञापनका लागि सम्पर्क: +977-48540200
    मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

    लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
    article.janatavoice@gmail.com

    हाम्रो टिम

    कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
    प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

    फेसबुकमा हामी

    फेसबुकमा हामी
    • Home

    © 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

    No Result
    View All Result
    • Home

    © 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

     

    Loading Comments...