Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अस्पतालले भर्ना नलिदा एकको मृत्यु

जनता भ्वाइस by जनता भ्वाइस
April 1, 2020
in जनता स्पेसल, समाचार
0
अस्पतालले भर्ना नलिदा एकको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत, १९,

विराटनगर । विराटनगरमा अस्पतालले भर्ना गर्न नमान्दा उच्च रक्तचाप भएको एक बिरामीको मृत्यु भएको छ ।

आईसीयूमा भर्ना गर्नुपर्ने भन्दै धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले रेफर गरेको बिरामी विराटनगरको न्यूरो अस्पताल र विराट नर्सिङ होमले भर्ना नलिएका हुन् ।
अन्तिममा नोबल अस्पतालमा भर्ना गरिएकी धनकुटाको महालक्ष्मी नगरपालिका ५ कि नरदेवी गुरुङलाई डेढ भण्टामै अस्पतालले मृत घोषणा ग¥यो ।

यस्तो थियो घटना

मंगलबार विहान करिब ६ बजे बेहोस भएकी गुरुङलाई आफन्तले एम्बुलेन्स खोजेर धनकुटाको क्लिनिक हुँदै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ल्याए ।

विहान नौ बजेतिर भर्ना गरिएकी उनलाई आईसीयूमा राख्नुपर्ने र आफ्नोमा नभएको भन्दै प्रतिष्ठानले विराटनगरको न्यूरो अस्पताल रेफर गर्‍यो । न्यूरोको इमरेजन्सीमा केहीबेर राखेर चिकित्सकले रेफर पुर्जी हेर्दै विराट नर्सिङ होम रेफर गरे । विराटले पनि रेफर पूर्जी हेर्दै नोबल मेडिकल कलेजमा पठायो ।

विहान बेहोस भएकी र दिनभर अस्पताल चहारेकी ५२ वर्षकी नरदेवीको शरीरमा १०२ डिग्री ज्वरो मापन गरिएको थियो । ज्वरोका कारण अस्पताल उपचार गर्न तर्किए ।

दिनभरि पाएको दुःख सुनाएपछि नोबल मेडिकल कलेजले भर्ना लियो । ‘घोपाको देखाएको कागज हेर्दै दुई अस्पतालले फिर्ता पठाए’ छोरी लक्ष्मीले भनिन् ‘नोबेलमा भर्ना गर्दा ढिलो भइसकेको थियो ।’

समयमा नै उपचार नपाउँदा आमा गुमाउनुपरेको लक्ष्मीको गुनासो छ ।

धरानको रेफरपछि न्यूरोले भेन्टिलेटर खाली नभएको बताएको थियो । विराटले कुनै कारण नदेखाई रेफर गर्‍यो ।

‘न्यूरोले रेफर गर्दा खाली छैन होला जस्तो लागेको थियो’ उनले भनिन् ‘विराटले रेफर गरेपछि कुरा बुझेँ, दोस्रो भगवान मानेका चिकित्सकबाट धोका भयो ।’

उच्च रक्तचापका कारण बेहोस भएकी नरदेवीलाई नोबेलका चिकित्सकले ढिलो ल्याएका कारण बिरामी बचाउन नसकेको बताएको लक्ष्मीले बताइन् । ‘बिरामी हुँदा पनि उपचार पाइएन’ उनले भनिन् ‘लापरवाही गर्ने अस्पताल र डाक्टरलाई कारवाही हुनुपर्छ ।’

न्यूरो अस्पताल विराटनगरका निर्देशक राजेश भट्टराई अस्पतालमा भेन्टिलेटर खाली नभएका कारण विरामीलाई रेफर गरेको बताउँछन् । बिरामीका कोरोना संक्रमणको शका नभएको बताउँदै उनले न्यूरोमा भेन्टिलेटर नै खाली नरहेको बताए ।

विराट नर्सिङका प्रशासन प्रमुख पदम विनाडीले अस्पतालमा कोरोनाको कुनै सुरक्षात्मक सामाग्री नभएको बताए । स्वास्थ्यकर्मीका लागि प्रदेश सरकारसँग पीपीई माग गरिएको उनले बताए ।

Onlinekhabr

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

ऋषि धमलाकी श्रीमती एलिजाको आक्रोशः मानहानी गरेर मान्छे मार्न खोज्ने ?

Next Post

नियमित पत्रकार सम्मेलन

Next Post
कोरोना भाईरसको सरकारको जानकारी (पत्रकार सम्मेलन)

नियमित पत्रकार सम्मेलन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.