Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

ऋषि धमलाकी श्रीमती एलिजाको आक्रोशः मानहानी गरेर मान्छे मार्न खोज्ने ?

जनता भ्वाइस by जनता भ्वाइस
April 2, 2020
in फिचर, मनोरञ्जन
0
ऋषि धमलाकी श्रीमती एलिजाको आक्रोशः मानहानी गरेर मान्छे मार्न खोज्ने ?
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

चैत, १९,

सञ्चारकर्मी ऋषि धमलासँग विवाह गरेदेखि एलिजा गौतम बेलाबेला चर्चामा आइरहन्छिन् । उनी कहिले आफ्नो अभिव्यक्तिका कारण चर्चित भइन्, कहिले आफ्नो पहिरनका कारण । उनलाई सर्वाधिक चर्चित त उनको पहिलो फिल्म ‘अनुराग’ ले बनायो ।

फिल्ममा उनको अभिनयको अत्यधिक आलोचना भयो । आफैंले फिल्म निर्माण गरेर आफैं नायिका भएको भन्दै उनलाई धेरैले खेदो खने । यता एलिजा आफैंले पनि आफ्नो गल्ती स्विकार गर्दै अभिनयमा आउन आफूले हतार गरेकै हो भनी ठहर गरिन् ।

केही दिन अघि लकडाउनका बेला युट्युबमा केही फिल्म सार्वजनिक गरिए । जसमा एलिजाद्वारा अभिनित अनुराग पनि समावेश छ ।

उक्त फिल्मबारे ट्रोल कलिउड नामको फेसबुक पेजले अनुराग फिल्मको ट्रोल बनाएको छ । जसमा लेखिएको छ, ‘जिन्दगीमा ठूलो गल्ती गर्नबाट जोगिएछु, अनुराग हलमा नहेरेर ।’

अनुराग फिल्मको पोस्टर पोष्ट गर्दै लेखिएको छ, ‘निर्माता तथा निर्देशकमा बिन्ती, यस्तो चलिचित्र नबनाउनु होला । जुन चलचित्रले गर्दा नेपाली चलचित्र क्षेत्र नै बदनाम हुनेछ, नेपाली चलचित्र प्रेमीको मन भड्किन सक्छन् । चलचित्र हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला ।’

यसमा एलिजाले प्रतिक्रिया दिँदै आक्रोश पोखेकी छिन् । एलिजाले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेकी छिन्, ‘मेरो पहिलो प्रयास, मेरो पहिलो फिल्म । सानै देखिको रहर मेरो हिरोइन बन्ने थियो । यतिखेर जुरेछ मलाई यो फिल्म गर्न । दोस्रो सन्तान छोरा जन्मेको ३ महिनाको छोरा मेरो मम्मीलाई हेर्न दिएर अनुराग फिल्म बनाएँ, खेलेँ ।’

‘अमिताभ बच्चन, ऋषि कपुरजस्ता महानायकको फिल्म त ५ वटा फिल्म गर्दा बल्ल चल्छ भने हामी को हौं र एकैचोटी हिट हुने रु ट्रोल कलिउड तपाईं कहाँको सुपरस्टार हो ? मान्छे एकपटक लड्यो भन्दैमा एकचोटी फिल्म फ्लप भयो भन्दैमा मानहानी गरेर मान्छे मार्न खोज्ने ? निर्माता, कलाकारको बेइज्जत गर्ने को हो तपाईं, कसले दियो तपाईंलाई अधिकार हँ ?
त्यसपछि उनले अर्को स्टेटस पोस्ट गर्दै ट्रोल कलिउडविरुद्ध साइबर क्राइमको मुद्दा हालेको पनि जानकारी दिइन् ।

ratopati

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

आज चैते दशैं, नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै

Next Post

अस्पतालले भर्ना नलिदा एकको मृत्यु

Next Post
अस्पतालले भर्ना नलिदा एकको मृत्यु

अस्पतालले भर्ना नलिदा एकको मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...