Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

२०७६ साल असार २८ गते शनिबार को राशिफल

Milan Ghimire by Milan Ghimire
July 13, 2019
in समाचार
0
२०७६ साल असार २८ गते शनिबार को राशिफल
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

ज्योतिषी दुर्गा भण्डारी २०७६ असार २७ गते शुक्रवार सिन्धुली

असार २८
वि.सं.२०७६ साल असार २८ गते, शनिबार ,ईश्वी सन् २०१९ जुलाई १३ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । आषाढ शुक्लपक्ष । तिथि द्वादशी,५० घडी ३१ पला,रातको ०१ बजेर ३० मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र अनुराधा,३२ घडी ५५ पला,बेलुकी ०६ बजेर २७ मिनेट उप्रान्त ज्योष्ठा । योग शुभ,०६ घडी ३४ पला,बिहान ०७ बजेर ५५ मिनेट उप्रान्त शुक्ल । करण बव,दिउसो ०१ बजेर ५० मिनेट उप्रान्त बालव,रातको ०१ बजेर ३० मिनेट उप्रान्त कौलव । आनन्दादिमा अमृत योग । चन्द्रराशि बृश्चिक । काठमाडौंमा सूर्योदय ०५ बजेर १८ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी १६ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
खानपान तथा मौसमको ख्याल नगर्नाले स्वास्थ्यमा समस्या आउँन सक्छ । कार्यक्षेत्रमा आलोचना गर्नेहरु बढ्ने तथा काम बिग्रने भएले सताउँनेछ । व्यापार व्यावसायमा मन्दि आउँने तथा आम्दानि घट्नाले दैनिकी प्रभावित हुनेछ । पढाई लेखाईमा मन नजानाले नतिजा आफुतिर ल्याउँन मुस्किल पर्नेछ । प्रेममा धोका हुन सक्छ ध्यान दिनुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापारमा साझेदारहरु बिच मनमुटाब बढ्ने हुनाले सम्यम भएर प्रस्तुत हुनुहोला । आर्थिक कारोबार बिग्रनाले दैनिकी प्रभावित हुनेछ । व्यावसायिक यात्रा भएपनि गन्तव्य पहिल्याउँन मुस्किल पर्नेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । भौतिक तथा विलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बिद्या तथा कुनैपनि प्रतिष्पर्धामा तपाईकै जित हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक मुद्दाहरु सहजै हल भएर जानेछन् । पुराना ऋण तथा रोगबाट मुक्ति पाउँने समय रहेकोछ । माया प्रेममा बिश्वास गर्दै नयाँ ठाउँको यात्रामा निश्कन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । घरायसि प्रयोजनका लागि भोगबिलासका सामानहरुको खरिद गर्ने समय रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ । उपाहारका रुपमा बिलाशी बस्तु हातलागि हुनेछ । प्रेम सम्बन्ध सुदृड हुने तथा छुट्टिएका सम्बन्ध पुनह सुचारु हुने योग रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
घरेलु समस्याले सताउँने तथा आमाको स्वास्थ्यमा खरावि आउँन सक्छ । आफन्त तथा आफ्नो भन्नेहरुले तपाईको काममा बाधा तथा अवरोध गर्नेछन् । पढाई लेखाई सुस्त गतिमा अगाडि बढ्नेछ । कृषि,सहकारि तथा पशु चौपायाको व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाव सिर्जना हुँनेछ । राजनितिकर्मिका लागि समय अन्यदिन भन्दा मध्ययम रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
व्पापार व्यावसाय फस्टाएर जाने तथा सापटि दिईएका रकमहरु फिर्ता आउँनाले दैनिकि सुदृड हुनेछ । आफन्त तथा कुटुम्बाट सहयोेग पाईनेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । माया प्रेमको गाठो कसिलो भएर जाने तथा जीवन साथिको भरपुर सहयोग पाईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् । छोटो तथा उपलब्धिमुलक यात्रा हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा मिठो साथिभाईका साथमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिन सकिन्छ ध्यान दिनुहोला । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् भने मोटिभेसन,काउन्सेलिङ तथा बोलेर गर्ने व्यावसाय फस्टाएर जानेछ । व्यापार व्यावसायमा समय दिन सके मनग्गे आम्दानि हुँनेछ भने भौतिक सम्पति तथा धातु संग्रह गर्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आफ्नो दैनिक काम समयमा सम्पादन गरि बचेको समय समाजसेवामा खर्चन पाईने हुनाले मान सम्मान पाईनेछ । ईच्छाशक्ति बढ्ने तथा कृतिमानी काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुने तथा जीवन साथिको सहयोग पाईनेछ । पढाईमा मन जाने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेकोछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । माया प्रेममा अबिश्वास बढ्ने तथा परिवारका अग्रज व्याक्तित्व सँग राय बाजिनेछ । विदेशी सामानको व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । तापनि लामो दुरिको बिदेश यात्राको योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
कार्यक्षेत्रमा तपाईको कामको उचित मुल्याङकन हुनेछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । अध्ययनमा भनेजस्तो नतिजा हातलागि हुनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । ईच्छा तथा चाहनाहरु पुरा हुने समय रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
तारिफयोग्य काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुनाले पद प्राप्तीको योग रहेकोछ । पैत्रिक स्रोत साधनको प्रयोग मार्फन आम्दानि बढाउँन सकिनेछ भने कृषि पशुपालन व्यावसाय फस्टाएर जानेछ । नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरिको गतिलो योग रहेकोछ । प्रेमील जोडीहरुका लागि समय उत्तम रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
भाग्य तथा धर्म भावमा गोचर गर्ने चन्द्रमाले सानो प्रयत्नले राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । पढाई लेखाईको लागि समय उत्तम रहेकोछ भने खोज तथा अनुशन्धानको क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम सम्बन्ध सकारात्मक बाटोमा बढ्नेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने धार्मिक यात्रा हुने प्रवल सम्भावना रहेकोछ ।

तपाईको दिन शुभ रहोस् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

कोसी र कमलाको बाढी खतरा तहभन्दा माथि, सुरक्षित रहन आग्रह

Next Post

देशका विभिन्न ठाँउमा निरान्तरको वर्षाले पु¥याको क्षेति (फोटो)

Next Post
देशका विभिन्न ठाँउमा निरान्तरको वर्षाले पु¥याको क्षेति (फोटो)

देशका विभिन्न ठाँउमा निरान्तरको वर्षाले पु¥याको क्षेति (फोटो)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.