Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सातवटै प्रदेशबाट आजदेखि कोरोना परीक्षण हुने

जनता भ्वाइस by जनता भ्वाइस
April 2, 2020
in समाचार, सूचना प्रविधि, स्वास्थ्य
0
सातवटै प्रदेशबाट आजदेखि कोरोना परीक्षण हुने
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

चैत्र ,२०,

रामेछाप । सातवटै प्रदेशबाट आज (बिहीवार) देखि कोरोना भाइरस (कोविड–१९)को नमूना परीक्षण हुने भएको छ । सबै ठाउँमा पिसिआर मेसिन पुगेपछि आजबाट सातवटै प्रदेशबाट कोरोना भाइरसको नमूना परीक्षण हुने भएको हो ।

प्रदेश एकको धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारबाट नै परीक्षण सुरु भइसकेको छ । अहिले धरानमा दैनिक १२ जनाको स्वाब परीक्षण हुन थालेको प्रतिष्ठानका कार्यवाहक उपकुलपति गुरु खनालले बताउनुभयो । ती सबैको नेभेटिभ रिपोर्ट आएको उहाँले जानकारी दिनुभयो । अन्य थप परीक्षण पनि भइरहेको उहाँको भनाइ छ ।

यसैगरी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले मंगलबारबाट स्वाब परीक्षण सेवा सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म तीन वटा परीक्षण गरिएकोमा दुई जनाको संक्रमण नदेखिएको र एक जनाको भने रिपोर्ट आउन बाँकी रहेको छ ।

प्रदेश २ को जनकपुर, सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत, प्रदेश ५ को बुटवल र बागमती प्रदेशको हेटौंडाबाट पनि आजदेखि नमूना परीक्षण हुन लागेको कोभिड–१९ प्रयोगशाला व्यवस्थापन समितिका पुष्पराज खनालले जानकारी दिनुभयो । खनालका अनुसार यी पाँचै स्थानमा नमुना परीक्षणका लागि प्रोटेबल पिसिआर मेसिनसहित सम्पूर्ण सामग्री पुगिसकेको छ ।

यसअघि नै प्रयोगशाला सञ्चालन गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनशक्ति खटाइसकेको छ । यसअघि काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा मात्र कोरोनाको नमुना परीक्षण हुन्थ्यो । जस्ले गर्दा रिपोर्ट आउन हप्तौंसम्म लाग्ने गदथ्र्यो । सातै प्रदेशमा कोरोनाको नमुना परीक्षण हुने भएपछि अब यो बाध्यता हट्ने भएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नेपाल भ्रमण वर्ष २०२० स्थगित

Next Post

साहित्यकार उपेन्द्रको निधन

Next Post
साहित्यकार उपेन्द्रको निधन

साहित्यकार उपेन्द्रको निधन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.