चैत,२०,
रामेछाप । रामेछापको मन्थली नगरपालिकाले नगरभित्र कोरोना रोकथामका लागि डिस इन्फेक्टेन्ट किटनाशक औषधी छर्कन सुरु गरेको छ । बिहिबार वडा नं १ को थापाचोकबाट डिस इन्फेक्टेन्ट छर्किन थालेको नगरपालिकाका स्वास्थ्य प्रमुख केशव फुयाँलले जनता भ्वाईसलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार आजबाट सुरुभएको डिस इन्फेक्टेन्ट छर्कने काम आज नसकिए भोली (शुक्रबार) पनि छर्किने बताउनुभयो ।
थापाचोक हुदै भैसेश्वर, मन्थली बजार, मन्थली स्कूल क्षेत्र, हुदै बसपार्क, आकासे पुल र प्राथामिक स्वास्थ्य केन्द्र सम्म डिस इन्फेक्टेन्ट छर्किने उहाँले बताउनुभयो ।
डिस इन्फेक्टेन्ट छर्केर आतङ्कको रुप लिएको भाईरसबाट जोगाउन र जोगिने प्रयासमा लागेको उहाँको भनाई छ ।
यसैबिच मन्थली नगरपालिकाले तयार गरेको क्वारेन्टाईनमा १० जना वैदेशीक रोजगारीबाट आएकाहरु होम क्वारेन्टाईनमा रहेको जानकारी उहाँले दिनुभएको छ ।
तस्विर : नविन के सी