चैत्र,२०,
रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर २ बाम्तीभण्डारमा नेपाल कम्युनिष्ट पार्टी नेकपा कमिटीले कोरोना भाइरस संक्रमणबाट जोगाउन त्यहाँका स्थानीयहरुलाई र वडा अन्तर्गतका स्वास्थ्य चौकी, प्रहरी चौकी र संघ संस्थाहरुलाई मास्क र साबुन वितरण गरेको छ ।
नेकपा उमाकुण्ड–२ ले स्थानीयलाई कोरोना भाइरसको संक्रमणबाट जोगिन सचेत गराउँदै ९ सय ५५ घरपरिवार, वडाबासी र बडामा रहेका संघ संस्थाहरुलाई मास्क र साबुन वितरण गरेको स्थानीय जीवन घतानेले जनता भ्वाईसलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रहरी चौकी बाम्तीलाई ५० थान मास्क, १० थान साबुन, बाम्ती भण्डार प्राथमिक अस्पतालाई ५० थान मास्क, १० थान साबुन, थोदुङ गुम्बालाई ३८ थान मास्क ३८ थान साबुन, शेर्पा स्कूल बाम्तीलाई २० थान मास्क, १६ थान साबुन र उमाकुण्ड गाउँपालिका–२ लाई १० थान मास्क र ५ थान साबुन प्रदान गरिएको हो ।
वडा पार्टीका सदस्यहरुबाट रकम संकलन गरि उक्त मास्क तथा साबुन खरिद गरि स्थानीयलाई र संघसंस्थालाई प्रदान गरिएको उहाँको भनाई छ ।