Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोनाको खोप परीक्षणमा सफलता मिलेको पिट्सबर्ग विश्वविद्यालयको दावी

जनता भ्वाइस by जनता भ्वाइस
April 3, 2020
in समाचार
0
कोरोनाको खोप परीक्षणमा सफलता मिलेको पिट्सबर्ग विश्वविद्यालयको दावी
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

चैत्र, २१,

रामेछाप ।अमेरिकाको पेनसेलभेनिया राज्यस्थित पिट्सबर्ग विश्वविद्यालयले कोभिड–१९ को खोप परीक्षणमा सफलता मिलको दावी गरेको छ ।

यूपीएमसी र पिट्सबर्ग विश्वविद्यालयको आपतकालीन चिकित्सा विभागका अध्यक्ष डोनाल्ड एम येलीले यूपीएमसी मोन्टेफियोरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएका हुन् ।

पिट्सबर्ग युनिभर्सिटी अफ मेडिसिनका अन्वेषकहरूले जनावरमा गरेको परीक्षणमा प्रारम्भिक सफलता मिलेको जनाएका हुन् । पशुमा गरिएको परीक्षणबाट उक्त खोपले कोरोना भाइरसलाई निष्प्रभावित पार्ने दावी प्रतिवेदनमा छ ।

अनुसन्धानकर्ताहरूको निष्कर्ष ब्रिटिश मेडिकल जर्नल द ल्यान्सेटले ईबायोमेडिसिनमा सार्वजनिक गरेको हो । मुसामा गरिएको परीक्षणको क्रममा खोपले सार्स–कोभ–२ विशिष्ट एन्टबडी -रोग प्रतिरोधक_ उत्पादन गर्ने देखायो । जसलाई नयाँ कोरोनाभाइरस भनेर चिनिन्छ ।

विश्वविद्यालयका अन्वेषकहरूले मुसाको एन्टिबडी -रोग प्रतिरोधकले भाइरसलाई निष्प्रभावी गर्न पर्याप्त रहेको जनाएका छन् । शोधकर्ताहरू अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट अनुसन्धानका लागि नयाँ औषधि स्वीकृति खोज्ने प्रक्रियामा रहेको उल्लेख गरेका छन् । अर्को केही महिनामा मानवमा क्लिनिकल -रोग विषयकपरीक्षण शुरु हुने आशा उनीहरुले व्यक्त गरेका छन् ।

शोधपत्रका सहलेखक डा एन्ड्रिया गाम्बोटोले विश्वविद्यालयका अन्वेषकहरू यति चाँडो कदम चाल्न सफल भएको बताए ।एजेन्सि

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोरोना: ५३ हजार भन्दा बढीको मृत्यु, १० लाख १५ हजार संक्रमित

Next Post

तरुण दल रामेछापले गर्यो PPE हस्तान्तरण (भिडियो सहित )

Next Post
तरुण दल रामेछापले  गर्यो PPE  हस्तान्तरण (भिडियो सहित )

तरुण दल रामेछापले गर्यो PPE हस्तान्तरण (भिडियो सहित )

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.